नौ महिनाको अवधिमा ६ अर्ब २१ करोड बढी राजस्व सङ्कलन - Palikanews.com
Connect with us

अर्थ

नौ महिनाको अवधिमा ६ अर्ब २१ करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु २२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।

गएको आवको यसै अवधिमा सङ्कलित राजस्वभन्दा चालू आर्थिक वर्षमा रु एक अर्ब ३३ करोड १० लाख नौ हजार बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ । कार्यालय प्रमुख सापकोटाले अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व सङ्कलनमा प्रगति भएको र विस्तारै अन्तःशुल्क वृद्धि हुने सङ्केत देखिएको बताउनुभयो । उहाँले अन्तःशुल्क चालु आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक सङ्केत हो भन्नुभयो ।

कार्यालयले सो अवधिमा आयकरतर्फ रु दुई अर्ब ४३ करोड छ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ रु एक अर्ब ९१ करोड २७ लाख ३६ हजार सङ्कलन गरेको छ । सङ्कलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो ।

गएको वर्षमा सो अवधिमा कार्यालयले रु चार अर्ब ८८ करोड ८६ लाख छ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सोही अवधिमा कूल रु छ अर्ब ८५ करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

गएको वर्ष राजस्व सङ्कलन हुनुमा अन्तःशुल्कमा प्रगति कम देखिएको थियो । कोरोनाका कारण बन्दाबन्दी हुनु, विकास निर्माणको काम ठप्प हुनु र मदिराजन्य पदार्थको उत्पादन एवं बिक्री पनि न्यून देखिकाले अन्तःशुल्कबापत सङ्कलन हुने राजस्व कम भएको प्रमुख सापकोटाको भनाइ छ ।

गएको वर्षमा सो अवधिमा आयकरमा ८६ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १०४ प्रतिशत र अन्तःशुल्कमा ४९ प्रतिशत मात्र प्रगति भएको थियो । विस्तारै अर्थतन्त्रमा आएको सुधार र आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा राजस्वमा सकारात्मक सङ्केत देखिएको प्रमुख सापकोटाको भनाइ छ ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

काठमाडौं उपत्यकामा मात्रै ४,८२५ जना कोरोना संक्रमित थपिए

बागमती51 years ago

पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८,६०५ जना संक्रमित थपिए

कर्णाली51 years ago

कर्णालीमा कोरोना नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता

मुख्य समाचार51 years ago

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

बागमती51 years ago

राष्ट्रपति भण्डारीद्वार रेल्वे अध्यादेश, २०७८ जारी

लुम्बिनी51 years ago

गैँडाकोट नगरपालिकाको सबै सेवा बन्द

अन्तर्वार्ता51 years ago

सन्तुलित र समानुपातिक विकास गरेका छौँ : नगरप्रमुख न्यौपाने

बागमती51 years ago

रेम्डेसिभिर कोभिडको अचुक औषधि नभएको विभागको दावि

अर्थ51 years ago

घट्यो सुनको मूल्य, तोलामा कति ?

अर्थ51 years ago

निषेधाज्ञाले घटायो पेट्रोलियम पदार्थको मुल्य

मुख्य समाचार51 years ago

खेतमै तरकारी खेर जाने भन्दै कृषक चिन्तित

लुम्बिनी51 years ago

लुम्बिनी अस्पतालको फिबर क्लिनिकमा ४ कोरोना संक्रमितको मृत्यु

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement