विकट गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, स्थानीयवासी उत्साहित - Palikanews.com
Connect with us

गण्डकी

विकट गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, स्थानीयवासी उत्साहित

जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका वडा नम्बर १० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले तीन जना एमबिबीएस चिकित्सकले उपचार सेवा प्रदान गर्न शुरु गरेसँगै १२ वडा रहेको गाउँपालिका र छिमेकी जिल्ला लमजुङको उत्तर पश्चिमी क्षेत्रका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

विसं २०७२ देखि आधारभूत स्वास्थ्य सेवा दिइँदै आइएकामा यस वर्षदेखि गाउँपालिकाले स्रोत व्यहोर्ने गरी एक र नेपाल सरकारको छात्रवृत्तिबाट दुई गरी तीन जना चिकित्सकले सेवा दिन शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

हालै मात्र नेपाल सरकारको रु सात करोड ७१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन निर्माण भएर सोही भवनबाट सेवा शुरु भएसँगै उपचार सेवा प्रवाहमा सहज भएको बताइन्छ । यसअघि भाडाको घरबाट सेवा दिइएको थियो ।

सडक पूर्वाधार र पोखरासँगको पहुँचका हिसाबले विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह भएपछि स्थानीयवासी खुःशी छन् । स्थानीय महिला सञ्जालका अध्यक्ष सिर्जना अर्यालले जिल्लाको दुर्गम भेग भनेर चिनिएको ठाउँमा सुविधासम्पन्न अस्पतालको सेवा शुरु भएसँगै उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने दुःखद् अवस्थाको अन्त्य भएको बताउनुभयो ।

विगतमा गाउँमा स्वास्थ्य सेवा नहुँदा बिरामीलाई पोखरासम्म पु¥याउन सास्ती व्यर्होनुपरेकामा हाल गाउँमै उपचार भएपछि आफूहरू लाभान्वित बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामान्य उपचार नआउँदा विगतमा हाम्रा दिदीबहिनी दाजुभाइले ज्यान गुमाउनुको पीडा हाम्रा आँखै अगाडि ताजै छ ।

अब गाउँमै अस्पताल बनेपछि हामी औधी खुःशी भएका छौँ, मादीको मुहार नै परिर्वतन भएको छ ।” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले ४६ कोठाको स्वास्थ्य केन्द्रमा दुई प्राइभेट र १२ जनरल गरी १४ शय्या सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य केन्द्रबाट एक्सरे, इसिजी, प्रयोगशाला सुविधा उपलब्ध भइरहेकामा केही महिनाभित्रमा भिडियो एक्सरे सेवा शुरु गर्ने तयारी छ । सो स्वास्थ्य केन्द्रमा हाल तीन एमबिबीएस चिकित्सक, अहेव तीन, स्टाफ नर्स एक, प्रयोगशाला प्राविधिक एक र कार्यालय सहयोगी तीन जना कार्यरत छन् ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई विस्तार गर्दै लगिएकाले पूर्वी मादीका जनतालाई सहज भएको बताउनुभयो । नेपाल सरकारको ‘एक स्थानीय तह एक अस्पताल’को योजनाअनुसार मादीकै वडा नं ७ को छाचोक (खन्टारी) मा १५ शय्याको स्वास्थ्यचौकी निर्माणको शिलान्यास भइसकेकाले मादीका सबै वडाका नागरिकलाई सहजरूपमा गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध हुने अध्यक्ष गुरुङको भनाइ छ ।

उहाँले भन्नुभयो, “पछाडि परेको गाउँपालिकामा अहिले विकासले गति लिएको छ । स्वास्थ्य संस्थासहित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेका थियौँ । यसको परिणामसमेत देखिँदै गएको छ, जनताले परिर्वतनको अनुभूति गरेका छन् ।” गाउँपालिकाले यसै वर्ष दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ । एउटा गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको र अर्को भारतीय राजदूतावासको सहयोगमा एम्बुलेन्स सेवा गाउँमा शुरु गरिएको प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनतालाई अस्पतालसम्म पु¥याउन सहज होस् भनेर यसै वर्र्ष दुईवटा एम्बुलेन्सबाट सेवा दिन शुरु गरेका छौँ । एउटा गाउँपालिकामा र अर्को प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ । आवश्यकतानुसार जनताको सेवामा सहुलियत दरमा प्रयोग गर्ने गरिएको छ ।”

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

काठमाडौं उपत्यकामा मात्रै ४,८२५ जना कोरोना संक्रमित थपिए

बागमती51 years ago

पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८,६०५ जना संक्रमित थपिए

कर्णाली51 years ago

कर्णालीमा कोरोना नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता

मुख्य समाचार51 years ago

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

बागमती51 years ago

राष्ट्रपति भण्डारीद्वार रेल्वे अध्यादेश, २०७८ जारी

लुम्बिनी51 years ago

गैँडाकोट नगरपालिकाको सबै सेवा बन्द

अन्तर्वार्ता51 years ago

सन्तुलित र समानुपातिक विकास गरेका छौँ : नगरप्रमुख न्यौपाने

बागमती51 years ago

रेम्डेसिभिर कोभिडको अचुक औषधि नभएको विभागको दावि

अर्थ51 years ago

घट्यो सुनको मूल्य, तोलामा कति ?

अर्थ51 years ago

निषेधाज्ञाले घटायो पेट्रोलियम पदार्थको मुल्य

मुख्य समाचार51 years ago

खेतमै तरकारी खेर जाने भन्दै कृषक चिन्तित

लुम्बिनी51 years ago

लुम्बिनी अस्पतालको फिबर क्लिनिकमा ४ कोरोना संक्रमितको मृत्यु

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement