भूमिसम्बन्धी आयोगको काम’ सबै स्थानीय तहमा शुरु हुदै - Palikanews.com
Connect with us

प्रदेश १

भूमिसम्बन्धी आयोगको काम’ सबै स्थानीय तहमा शुरु हुदै

  • 58
    Shares

सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको लगत सङ्कलनको काम शुरु भएको हो । जिल्लामा गठित आयोगको कार्यालयले अभियान नै सञ्चालन गरेर कामको थालनी गरेको छ । पहिलो चरणमा भूमिसम्बन्धी समस्यामा परेकाहरुको लगत सङ्कलनको काम शुरु भएको आयोगले जनाएको छ ।

वडा तथा समुदायस्तरबाट आएका आवदेनका आधारमा उनीहरुको समस्या समाधानको काम शुरु हुने भूमिसम्बन्धी समस्या समाधान आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाईँले जानकारी दिनुभयो । अध्यक्ष चौलागाईँले भन्नुभयो, “आयोगको पहिलो चरणको काम शुरु भएको छ । अहिले सबै स्थानीय तहका तल्लोस्तरसम्म पुगेर लगत सङ्कलन भइरहेको छ । लगत सङ्कलनपश्चात स्थानीय तहबाट प्रमाणीकरण भएर आएका आवेदनका आधारमा हामीले जग्गाको व्यवस्थापनसँगै धनीपूर्जा वितरणको काम अघि बढाउँछौ ।”

जिल्लामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम आगामी जेठ १० गतेभित्र सम्पन्न भइसक्ने आयोगले जनाएको छ । वडा कार्यालयले तथ्याङ्क सङ्कलन गरेर गाउँपालिकामा पठाउने र स्थानीयवासीले प्रमाणीकरण गरेर जिल्लामा रहेको आयोगको कार्यालयसम्म पठाएपछि जग्गा वितरणको काम शुरु हुनेछ ।

आयोगले भूमिसम्बन्धी समस्या समाधानको काम थालनी गरेसँगै वर्षौँदेखि रहिआएको भूमिको समस्या समाधान हुनेमा स्थानीय तह उत्साहित बनेका छन् । षडानन्द नगरपालिका उपप्रमुख मेरिका राईले भन्नुभयो, “सरकारले भूमिसम्बन्धी समस्या समाधानको लागि काम शुरु गरेसँगै हामी उत्साहित भएका छौँ । हाम्रो क्षेत्रमा करिब ३०० को हाराहारीमा भूमिहीन तथा अव्यवस्थित बसोबासी रहेका छन् । अब उहाँहरुले पनि भूमि पाउनुहुन्छ भन्नेमा आशावादी बनेर तल्लोस्तरसम्म पुगेर तथ्याङ्क सङ्कलनको काम शुरु गरेका छौँ ।”

अभियानका रूपमा सञ्चालन गरिएको पहिलो चरणको कार्यक्रममार्फत आयोगको काम, कर्तव्य, अधिकार तथा जग्गा प्राप्तिका विषयमा स्थानीय तहका कर्मचारीसहित जनप्रतिधिलाई जानकारी दिइएको छ । साथै सङ्कलन भएका तथ्याङ्कलाई अनलाइनमा विवरण भर्ने विषयमा समेत जानकारी दिइएको छ ।

पौवादुङ गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, “धेरै स्थानमा जग्गाको समस्या छ । उचित प्रावधान नहँुदा यो निकै जटिल समस्याका रूपमा रहेको छ । हाम्रो ठूलो चुनौतीका रूपमा रहेको भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधान गर्नमा हाम्रो तर्फबाट आयोगलाई सहयोग गर्न आवश्यक छ । हामी तल्लोस्तरसम्म पुगेर पीडितको पहिचान गरी सही तथ्याङ्क आयोगलाई उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”

आयोगले भूमिहीनको पहिचान गरेर समस्यामा परेकाहरुको निकट भविष्यमा नै धनीपूर्जा वितरण गर्ने जनाएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीले आयोगले वैज्ञानिक पद्धतिअनुसार तयार गरेको मापदण्डअनुसार जग्गा प्राप्त गर्ने आयोगका विज्ञ सदस्य ईश्वरमान राईले जानकारी दिनुभयो । आयोगका अनुसार हिमाल र पहाडका सुकुम्बासीले आवास प्रयोजनका लागि ३४० वर्गमिटर र कृषि प्रयोजनका लागि तीन हजार वर्गमिटर पाउनेछन् ।

त्यस्तै काठमाडाँै उपत्यका, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका शहरी क्षेत्रमा आवास प्रयोजनका लागि १३० वर्गमिटर र यी बाहेका अन्य क्षेत्रमा ३४० वर्गमिटर पाउने जनाएको छ । अव्यवस्थित बसोबासीका हकमा भने शहरी क्षेत्रमा १३० वर्गमिटर र शहरी क्षेत्रबाहेकका अन्य क्षेत्रमा एक हजार वर्गमिटर आवासका लागि पाउनेछन् । कृषि प्रयोजनका लागि १० हजार वर्गमिटर जग्गा पाउने आयोगले जनाएको छ ।

  •  
    58
    Shares
  • 58
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

कोभिड–१९ नियन्त्रणको प्रयास : धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन

मुख्य समाचार51 years ago

पछिल्ला तीन दिन यता रुपन्देहीमा संक्रमण र मृत्यु दर घट्दै

बागमती51 years ago

काठमाडौं उपत्यकामा थपिए २,६०९ जना कोरोना संक्रमित

मुख्य समाचार51 years ago

थप ७,३१६ सङ्क्रमित थपिए, ६,६४८ जना डिस्चार्ज, १४५ सङ्क्रमितको मृत्यु

बागमती51 years ago

संसदबाटै बजेट ल्याउने प्रधानमन्त्री ओलीको संकेत

शिक्षा / स्वास्थ्य51 years ago

एमालेको अन्तरिक समस्या समाधान गर्न कार्यदल गठन

बागमती51 years ago

चाँगुनारायण नगरपालिकामा १०० श्ययाको आइसोलेशन तयार

समाचार51 years ago

होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई नगरपालिकाको कोसेली

बागमती51 years ago

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल सुरु

बागमती51 years ago

असार १ गतेदेखि शुरु हुने शैक्षिकसत्र अन्योलमा

प्रदेश १51 years ago

राजापानीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

कर्णाली51 years ago

सामाजिक विकास समितिको प्रदेश सरकारलाई निर्देशन

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement