आगलागीबाट घरसम्पत्ति गुमाएका घरपरिवार बिचल्लीमा - Palikanews.com
Connect with us

कर्णाली

आगलागीबाट घरसम्पत्ति गुमाएका घरपरिवार बिचल्लीमा

  • 60
    Shares

वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार बिचल्लीमा परेका छन । आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा थपिएको छ ।

घरसँगै लत्ताकपडा, अन्नपात र नगद सबै जलेर नष्ट भएपछि सडकमा बस्न वाध्य उनीहरुलाई सामान्य राहत उपलब्ध भए पनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल बन्दै गएको छ ।

नेपाल रेडक्रस सोेसाइटी रोल्पा, प्रतिनिधिसभा सदस्य वर्षमान पुन तथा प्रदेशसभा सदस्य दीपेन्द्र पुन र सम्बन्धित वडाका वडा कार्यालयले प्रतिपरिवार एकएक बोरा चामल उपलब्ध गराए पनि बास गुमाएका उनीहरुको दिनचर्या निकै कष्टकर देखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

नेकपा (एमाले)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल रोल्पाले आगलागी पीडित परिवारका १७० व्यक्तिका लागि रु दुई लाख बराबरको लत्ताकपडा वितरण गरेको छ । एमाले लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य ईश्वरी घर्तीका अनुसार आगलागी पीडितका मागका आधारमा युवा सङ्घले उक्त राहत हस्तान्तरण गरेको हो ।

विभिन्न व्यक्ति तथा संस्थाले दिएको राहतले बिहानसाँझको छाक टार्न सहज भए पनि ओत लाग्ने छानो नहुँदा उनीहरुको दैनिकी कष्टकर भएको नेतृ घर्तीले बताउनुभयो । वर्षात्को समय नजिकिँदै गएकाले उनीहरुलाई सुरक्षित बासका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

बस्ती नजीकैबाट सल्किएको आगलागीबाट त्रिवेणी २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, बुर्तिवाङ तथा रुन्टीगढी ९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट गोठमा बाँधिएका पशु समेत जलेर नष्ट भएका थिए ।

लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीले प्रयास गरेका थिए । चार दिनसम्म लागेको आगो वर्षात् शुरु भएपछि भने नियन्त्रणमा आएको थियो ।

आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुन्छ । भिरालो जमीन र सल्लाको वन भएका कारण जिल्लाका वन क्षेत्र आगलागीको उच्च जोखिममा छन् । रोल्पामा ४५ प्रतिशत सल्लाको र २२ प्रतिशत मिश्रित वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्राकृतिक र मानवीय कारणबाट आगलागी हुने गरे पनि यहाँ हुने शतप्रतिशत आगलागी मानवीय कारण हुने गरेको डिभिजन वन अधिकृत दधिलाल कँडेलले बताउनुभयो ।

  •  
    60
    Shares
  • 60
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

काठमाडौं उपत्यकामा मात्रै ४,८२५ जना कोरोना संक्रमित थपिए

बागमती51 years ago

पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८,६०५ जना संक्रमित थपिए

कर्णाली51 years ago

कर्णालीमा कोरोना नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता

मुख्य समाचार51 years ago

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

बागमती51 years ago

राष्ट्रपति भण्डारीद्वार रेल्वे अध्यादेश, २०७८ जारी

लुम्बिनी51 years ago

गैँडाकोट नगरपालिकाको सबै सेवा बन्द

अन्तर्वार्ता51 years ago

सन्तुलित र समानुपातिक विकास गरेका छौँ : नगरप्रमुख न्यौपाने

बागमती51 years ago

रेम्डेसिभिर कोभिडको अचुक औषधि नभएको विभागको दावि

अर्थ51 years ago

घट्यो सुनको मूल्य, तोलामा कति ?

अर्थ51 years ago

निषेधाज्ञाले घटायो पेट्रोलियम पदार्थको मुल्य

मुख्य समाचार51 years ago

खेतमै तरकारी खेर जाने भन्दै कृषक चिन्तित

लुम्बिनी51 years ago

लुम्बिनी अस्पतालको फिबर क्लिनिकमा ४ कोरोना संक्रमितको मृत्यु

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement