आन्तरिक हवाई उडान बन्द, चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने - Palikanews.com
Connect with us

बागमती

आन्तरिक हवाई उडान बन्द, चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

  • 62
    Shares

केरोना भाईरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि आन्तरिक हवाई उडान बन्द गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान यही वैशाख २३ गते रातिदेखि बन्द गर्ने भएको छ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुने छ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताउनुभयो ।

भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन् । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु साताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ ।

होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकर्रर अधिकारीसमक्ष कारवाहीका लागि लेखिपठाउने मन्त्रिपरिषद्को निर्णय छ ।

त्यस्तै कुनै पनि उडानमा पिसिआर पोजिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्ने व्यवस्था गरिनेछ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।

  •  
    62
    Shares
  • 62
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

काठमाडौं उपत्यकामा मात्रै ४,८२५ जना कोरोना संक्रमित थपिए

बागमती51 years ago

पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८,६०५ जना संक्रमित थपिए

कर्णाली51 years ago

कर्णालीमा कोरोना नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता

मुख्य समाचार51 years ago

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

बागमती51 years ago

राष्ट्रपति भण्डारीद्वार रेल्वे अध्यादेश, २०७८ जारी

लुम्बिनी51 years ago

गैँडाकोट नगरपालिकाको सबै सेवा बन्द

अन्तर्वार्ता51 years ago

सन्तुलित र समानुपातिक विकास गरेका छौँ : नगरप्रमुख न्यौपाने

बागमती51 years ago

रेम्डेसिभिर कोभिडको अचुक औषधि नभएको विभागको दावि

अर्थ51 years ago

घट्यो सुनको मूल्य, तोलामा कति ?

अर्थ51 years ago

निषेधाज्ञाले घटायो पेट्रोलियम पदार्थको मुल्य

मुख्य समाचार51 years ago

खेतमै तरकारी खेर जाने भन्दै कृषक चिन्तित

लुम्बिनी51 years ago

लुम्बिनी अस्पतालको फिबर क्लिनिकमा ४ कोरोना संक्रमितको मृत्यु

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement