भेरी अस्पतालमा अक्सिजन भण्डारण ट्याङ्क जडान - Palikanews.com
Connect with us

लुम्बिनी

भेरी अस्पतालमा अक्सिजन भण्डारण ट्याङ्क जडान

  • 278
    Shares

पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ ।

कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुुभयो । रु ८२ लाखको लागतमा अक्सिजन लिक्युड ट्याङ्क जडान गरिएको हो । उक्त ट्याङ्कमा ३१ हजार लिटर अक्सिजन ग्यास भर्न सकिन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएकाले ट्याङ्कमा अक्सिजन भण्डार गरिनेछ ।

अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको हो । केही दिनभित्रै ट्याङ्क सञ्चालनमा आउने अध्यक्ष धितालले बताउनुभयो ।

अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । दैनिक २५० देखि ३०० थान अक्सिजन सिलिन्डर खपत भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश थापाले बताउनुभयो ।

सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकामा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् ।

“कोभिडको महामारी नहुँदा अस्पतालमा दैनिक १५÷२० सिलिन्डर ल्याउने, प्रयोग गर्ने अनि खाली सिलिन्डर फेरि भर्न प्लान्टमा पठाउने गरिन्थ्यो, अहिले माग बढेपछि कठिनाइ भएको हो”, डा थापाले भन्नुभयो, “सिलिन्डर भर्ने, लोड गर्ने झन्झटिलो प्रक्रिया भएकाले लिक्विड अक्सिजन ट्याङ्क जोड्ने योजना अघि सारेका हौँ ।”

एउटा अक्सिजन सिलिन्डरका लागि रु ९१५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन्  । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा थापा बताउनुहुन्छ ।

  •  
    278
    Shares
  • 278
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

काठमाडौं उपत्यकामा मात्रै ४,८२५ जना कोरोना संक्रमित थपिए

बागमती51 years ago

पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८,६०५ जना संक्रमित थपिए

कर्णाली51 years ago

कर्णालीमा कोरोना नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता

मुख्य समाचार51 years ago

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

बागमती51 years ago

राष्ट्रपति भण्डारीद्वार रेल्वे अध्यादेश, २०७८ जारी

लुम्बिनी51 years ago

गैँडाकोट नगरपालिकाको सबै सेवा बन्द

अन्तर्वार्ता51 years ago

सन्तुलित र समानुपातिक विकास गरेका छौँ : नगरप्रमुख न्यौपाने

बागमती51 years ago

रेम्डेसिभिर कोभिडको अचुक औषधि नभएको विभागको दावि

अर्थ51 years ago

घट्यो सुनको मूल्य, तोलामा कति ?

अर्थ51 years ago

निषेधाज्ञाले घटायो पेट्रोलियम पदार्थको मुल्य

मुख्य समाचार51 years ago

खेतमै तरकारी खेर जाने भन्दै कृषक चिन्तित

लुम्बिनी51 years ago

लुम्बिनी अस्पतालको फिबर क्लिनिकमा ४ कोरोना संक्रमितको मृत्यु

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement