मन्त्रिपरिषद विस्तारअघि माधव नेपाललाई भट्न प्रचण्ड कोटेश्वरमा

मन्त्रिपरिषद विस्तारअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले विरिष्ट नेता माधवकुमार नेपालको राय बुझ्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास पुग्नुभएको हो ।

माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धन तयार छ । तर, पार्टी एकताको टुंगो नलागेसम्म एमालेमै रहेर सरकारमा सहभागी हुन कानूनी जटिलता रहेको नेपालले बताउनुभयो ।

तत्काल मन्त्री पठाउन नमिले पनि माधव नेपाललाई अन्य राजनीतिक नियुक्तिमा स्थान दिने सहमति गठबन्धनमा भएको छ ।