जंगल र बाघ एक अर्काको लागि आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

बाघको बासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्नेमा दिंदै उहाँले भन्नुभयो, ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने धारणा राख्नुभयो । आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको उहाँले बताउनुभयो । नेता नेपालले बाघको रक्षामा सबैले ध्यान पु¥याउनुपर्ने भन्दै प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उहाँले बताउनुभयो ।