समय सन्दर्भ : गल खेत छाडेर खोरिया नविराएकै जाती, कमरेड

पार्टी नाम र चुनाव चिन्हमात्र हैन विचार र सिद्धान्त हो । यसैका आधारमा पार्टी निर्माण गरि संगठन निर्माण र विस्तार गरिन्छ । हरेक पार्टीको मेरूदण्ड संगठन हो । संगठन निर्माणका आधारमा नै जन प्रतिनिधि वन्ने र सरकार निर्माण गर्ने अवसर पार्टीलाई प्राप्त हुने वहुलवादी व्यवस्था वर्तमान संविधानमा छ । संगठन निर्माण कठिन प्रक्रिया हो । यसका लागि पार्टीका विचार ,सिद्धान्त ,आदर्श ,घोषणापत्र जस्ताको तस्तै आम जनतामा पु¥याउने प्रशिक्षित नेता कार्यकर्ता चाहिन्छ ।

समान विचारधारा बोकेर हिडेका अन्य दलको सहित विस्लेषणात्क ज्ञान चाहिन्छ । समसामयिक राष्ट्रिय अन्तरास्ट्रिय मुद्दाहरूमा स्पष्ट दृष्टिकोण राख्न सक्नुपर्छ ।रोग , भोक ,शोक र भौगोलिक विपन्नतामा डुवेका जनताको भावनाको निकास दिने इच्छाशक्ति हुनुपर्छ । उमेर ,लिङ्ग ,जाती, धर्म ,भाषा ,पेसाका आधारमा उत्पिडत नागरिकको आशाको दियो बन्न सक्नुपर्छ ।

उनिहरू संगै आफुलाई जिउन सक्नुपर्छ । देश विकासको स्पष्ट मार्गदिशा हुनुपर्छ ।नेता कार्यकर्तामा त्याग ,समर्पण ,निष्ठा हुनुपर्छ ।आदर्शवान चरित्र हुनुपर्छ ।अनिमात्र पार्टी बन्छ । हिजो वनेका पार्टीले यि सवै प्रक्रिया पुरा गरेका छन् र त अहिलेसम्म स्थापित छन् ।त्यसैको व्याज असुलिरहेका छन् ।

तर अहिलेका दल र त्यसका नेतागण विचार , सिद्धान्त र आदर्श भन्दा पर अवसरवाद, र लम्पसारवादको चक्रव्युहमा फसेका छन् । भजनमण्डलिको मोहिनि जालमा चुर्लुम्म डुवेका छन् । चम्चेहरूको अन्धभक्तिगानलाई नै जनता सामु जोडिने पुल मानेका छन् । उठ्नै नसक्ने गरि जातीय ,क्षेत्रीय साम्प्रदायिकतामा फसेका छन् ।

हत्या ,हिंसा ,बलत्कारीको संरक्षक वनेका छन् । भ्रष्टाचारको मतियार वनेका छन् । चरम भोगविलासको जिवनशैलि अंगालेका छन् । रिस , डाह ,प्रतिशोध का आधारमा स्वेच्छाचारी वनेका छन् । रात फेरिदा, चिया ,कफि डिनर संगसंगै जिव्रो फेरिन्छ ।

सबै राम्राकाम जति मैले गरेको बिग्रेको जति फलानोले भन्ने चरित्र विकास भएको छ ।राजनीतिक इमानदारीता इतिहास भैसक्यो। गुण्डागर्दि, डन,चुल्ठे, मुन्द्रे ,ठेकेदार संग बसेर राजनीतिक समिक्षा गरेका छन् । प्राज्ञलाइ देखेर तर्सिएका छन् ।परिवारवाद , नातावाद र कृपावादका आधारमा संगठनको पसल चलाइरहेका छन् ।जसलाई नै पार्टी र संगठनको भ्रममा छन् ।

यसर्थ अहिलेका पार्टी पुरानै संगठनको जगमा , पितृसत्तात्मक संगठनले धानिएको छ । जन्मदै झुन्डिएको ट्याग छ । जनतामा भएको दल प्रति सन्तुष्टि छैन । त्यो भन्दा गतिलो अर्को त हुनै सक्दैन । भाइसाथी ,इस्टमित्र हिजो जहाँ थिए आज त्यही छन् । कतै पोईल जानु संस्कारि गुणभित्र पर्दैन ।हम्मेसि कुनै दलका अगुवा जनताको आँगनमा संगठन गर्न पुग्दैनन् ।

पुगे पनि जनताको रेडिमेड उत्तर छ “ बाबू÷ नानी त राम्रो मान्छे हो । सहयोग गरेको पनि हो तर हाम्रो पार्टी अर्को पर्यो हजुरलाई साथ दिन सकिन्न । अहिलेसम्म त यै पार्टी भनेर बसियो अहिले आएर के पार्टी फेर्नु ?“ मतलव अहिलेसम्म जे भयो अब कसैको भर परिन्न । एदाकदा दल फेर्नेका पनि प्रशस्त माग छन् ।

१) निजामती कर्मचारी भए – भनेको विभाग, मन्त्रालय सरूवा वढुवा , विदेश घुमघाम आदि गराईदिनुपर्ने

२) शिक्षक कर्मचारी भए – स्थायि, घरपायक सरूवा , वढुवा ,परिवारका फलानो फलानो लाई नयाँ नियुक्ति

३) वेरोजगार भए – तत्काल रोजगारि दिलाउने प्रतिवद्दता

अरू अरू का कुरा – विभिन्न उपभोक्ता समितिमा अध्यक्ष ,नाफा भए हुन्छ घाटा भयो पार्टी छोड्ने धम्की , भनेको कार्यक्रम भनेको वजेट पर्नुपर्यो । अझ महत्त्वपूर्ण कुरो त उसलाई चित्त नवुझेको गाउँ , व्यक्ति मा वजेट हाल्न नपाउने सर्त । अन्यथा गाई फिर्ता

मेरो निष्कर्ष : विचार र सिद्धान्तको राजनीती खुईलिसकेपछि गल खेत छाडेर खोरिया नविराएकै जाति कमरेड