रात्रिमा जाग्राम बसी मानाईयो ‘श्रीकृष्ण जन्माष्टमी’ - Palikanews.com
Connect with us

मुख्य समाचार

रात्रिमा जाग्राम बसी मानाईयो ‘श्रीकृष्ण जन्माष्टमी’

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व सोमबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा आराधना गर्ने भक्तजन पनि धेरै हुन्छन् । यस रात भजन, कीर्तन गरेर व्रर्तालु रातभर जाग्राम बस्छन् । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पूजा विधि मात्र गरिएको जनाइएको छ ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गरिएको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ । यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुन ः शुरु गरिएको छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरुपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । विद्यालय खुलेका बेला धेरैजसो शैक्षिक संस्थामा पनि बालबालिकालाई श्रीकृष्ण एवं राधिकाका रुपमा सिँगारेर यो पर्व मनाउने गरिएकामा यस वर्ष अधिकांश विद्यालय कोरोना जोखिमबाट बच्न बन्द गरिएकाले प्रभावित भएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार52 years ago

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

समाचार52 years ago

आइक्यानको अध्यक्षमा युद्धराज ओली

समाचार52 years ago

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

समाचार52 years ago

असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

समाचार52 years ago

दिपायल बिमानस्थल सञ्चालनमा

समाचार52 years ago

फरार अभियोगी १५ बर्षपछि पक्राउ

समाचार52 years ago

नक्कली नोटसहित दुई भारतीय पक्राउ

समाचार52 years ago

रडले हानेर हत्या

समाचार52 years ago

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

समाचार52 years ago

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

समाचार52 years ago

परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

समाचार52 years ago

नेपाल अमेरिकासँग पराजित

विशेष52 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती52 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती52 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी52 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार52 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

मुख्य समाचार52 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २52 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार52 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

विशेष52 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

पालिका52 years ago

४६० – गाउँपालिका

बागमती52 years ago

नगरपालिका क्षेत्रका कृषकले आलु उत्पादनमा २२ करोड रुपियाँ

बागमती52 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

Advertisement