शिक्षा उत्पादन तथा जीवनोपयोगी बनाउन पुस्तकालयको प्रयोग अनुसन्धानको थलो बनाऔं - Palikanews.com
Connect with us

मुख्य समाचार

शिक्षा उत्पादन तथा जीवनोपयोगी बनाउन पुस्तकालयको प्रयोग अनुसन्धानको थलो बनाऔं

साधारणतया विभिन्न विधाका विद्धान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावनाहरुलाई लिपिबद्ध गरिएको पृष्ठहरुको संगठित स्वरुप वा ठेलीलाई पुस्तक भनिन्छ । पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ भने जर्मन भाषाको ‘‘द्यइप्’’ बाट पुरानो अंग्रेजी ‘‘द्यइऋ’’ हुँदै ‘‘द्यइइप्’’ हुँदा अरबी भाषाबाट ‘‘किताब’’ मा आउँदा नेपाली बोलिचालीमा किताप सम्म भएको छ । नेपाली बृहत शब्दकोशमा पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको ग्रन्थ भनिएको छ ।

मानिस एक गतिशील सामाजिक उत्तरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण सम्वर्दन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग गरिन्छ । जहाँ प्राचिन कालदेखि नै जनचेतनाको विकासपछि मानिसहरुले आफ्नो धर्म, दर्शन, कला र संस्कृतिलाई लेख्ने कला तथा सीपको विकास गर्दै चीरकालसम्मका लागि सुरक्षित र सम्वर्दन गर्न नरम माटो, काठका टुक्रा आदिमा लेख्ने कोर्ने गर्न थाले । सुमेरियनले सर्वप्रथम ई पू ३१०० देखि २३५७ सम्ममा आफ्नो इतिहास, धर्म, संस्कृति, दर्शन तथा चौपायाका चित्रहरु नरम माटोमा लेख्दै सुकाएर ग्रीक रोमन, चीन र भारतीयहरुले भोजपत्र, ताडपत्र, कछुवाको सेल, बाँसको बोक्रामा आफ्नो कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर पाटीपौवा, चैत्य गुम्बामा ज्ञान सामग्रीको रुपमा संरक्षण गर्दै जाँदा पुस्तक र पुस्तकालयको विकास भएको हो ।

पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तकजन्य पाठ्य सामग्रीको गहण अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचिन समयमा प्राप्त गरेको ज्ञान सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर, मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचलन एवं वितरण गरिएको हुन्छ जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रुपमा लिइन्छ । सन् १४४० मा जोहान गुटेनवर्गले छाप्ने मेसिनको रुपमा प्रिन्टिङ प्रेसको आविष्कार गरेपछि पुस्तकले आधुनिक स्वरुप ग्रहण गरेको हो ।

भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लका मितछोरा पृथ्वीनारायण शाहले भक्तपुरमा रहँदा उहाँले भक्तपुरको रहनसहन, कला संस्कृति, सैनिक प्रशासन तथा वैदिक र शस्त्र अस्त्र सम्बन्धि तान्त्रिक ज्ञान हासिल गरेको तथ्य इतिहासमा अध्ययन गर्नुपर्छ । जस अनुसार हालको साकोथा भन्ने ठाउँको नामाकरणमा त्यहाँ मल्ल कालमा विविध तान्त्रिक तथा वैदिक र सैनिक प्रशासन सम्बन्धि हाते पुस्तक संग्रह संकलन गरिन्थ्यो भन्ने प्रमाणका रूपमा पुरानो घर साफुकोठाको अवशेष अहिलेसम्म पनि यथावत् रहेको छ ।

नेपालमा औपचारिक रुपमा १५ भदौ १८६९ मा पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रुपमा स्मरण गरिन्छ । त्यो बेला राजा गीर्वाणयुद्ध विक्रमशाहले ‘‘पुस्तकालय अधिनियम’’ मा लालमोहर सहित पारित गराई पण्डित केदारनाथ झालाई नै पुस्तकको रेखदेख र संरक्षणका लागि नेपालको पहिलो लाइबेरियनको रुपमा माने तापनि पुस्तकालयको व्यवस्थापनमा अध्ययन तालिम नलिएकोले भारतको दिल्ली विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमा स्तानक गरेका पूर्णप्रसादअमात्यलाई तत्कालिन शिक्षामन्त्री शारदा शमशेरले २००९ मा त्रिचन्द्र कलेजको लाइबेरियन पदमा नियुक्ति दिइ नेपालमा लाइबेरियनसीपको थालनी गरियो ।

वि.सं.१९०८ मा जंग बहादुर राणाले बेलायत बाट फर्कँदा ल्याएको हाते गिद्धे प्रेसले नेपालमा आधुनिक छापाखाना तथा पुस्तकको विकास भएको हो । वि.सं. १९१९ भन्दा अघि ठहिटीमा स्थापना भएको मनोरञ्जन प्रेसले संस्कृत भाषाको ‘‘मोक्षसिद्धी’’ छापेर व्यावसायिक पुस्तक प्रकाशनको थालनी भयो भने वि.सं १९२८ मा स्थापना गरेको नारायण हिटी छापाखानाको २२ वर्ष पछि १९५० मा पासुपत प्रेसले निजी क्षेत्रमा पुस्तक प्रकाशनको सुत्रपात गरियो ।

तर पनि शिक्षामा जहाँनिया राणा शासनको एकलौटी अधिकार हुँदा सर्वसाधारण जनतामा पहँच नपुर्याउन अनेकौं कुरामा वञ्चित गरेको अवस्था थियो । यस क्रममा वि. सं.१९७६ मा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले शिक्षा लगायत अन्य क्षेत्रमा लगाएको बन्देजको विरुद्ध ‘‘मकैको खेती’’ नामक व्यंग्य साहित्यिक पुस्तक १००० प्रति मध्ये एक प्रति फेला नपर्दा जेल सजायका कारण त्यही नै जीवन त्याग गर्नुपर्यो । जसलाई नेपाली पुस्तक इतिहासमा ‘‘मकै पर्व’’ भनेर चिनिन्छ ।

वि.सं. १९८७ मा विश्वमा फैलिएको शिक्षाको प्रचारप्रसार, पुस्तक पुस्तकालयले जनमानसमा पारेको सकारात्मक प्रभावबाट भारतमा अध्ययन पछि फर्केका धर्मराज थपलिया र लक्ष्मीप्रसाद देवकोटा लगायत ४५÷४६ जना युवाहरुले ‘‘सरस्वती गुठी’’ नामक संस्थाबाट पुस्तकालय खोल्ने जमर्को श्री ३ भीमशमशेरको अगाडि बिन्ती गर्दा रामचन्द्र अधिकारी पोल खोलिदिएपछि ‘‘गाथगादी ताकेको’’ आरोपमा जनही रु.१०० जरिवाना लगाई दण्ड दिएको थियो जसलाई नेपालको पुस्तकालय विकासको इतिहासमा ‘‘पुस्तकालय पर्व’’ को नामले चिनिन्छ ।

पुस्तकालयका गतिविधि र त्यसको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवश मनाउन सुरु गरिएको हो । पढाई जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तक विनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व रहँदैन । पुस्तक विनाको जीवनले ढुङ्गे युगको स्मरण गराउँछ । समाजमा आज जे जति विकास परिवर्तन भएको छ, त्यसमा पुस्तकको ठूलो देन छ । पुस्तक विद्यार्थीदेखि अनुसन्धानकर्ता लगायत सबै इच्छुक अध्येतालाई आवश्यक पर्ने महत्वपूर्ण ज्ञानको सागर हो । जुन नपढी आफ्नो उद्देश्य पुरा गर्न असम्भव हुने भएकोले पुस्तकालयको प्रयोग गरी पर्याप्त मात्रामा लाभ लिई पूर्ण ज्ञान हासिल गर्न सक्छ्न् ।

आफ्नो कक्षा वा तहको निर्दिष्ट पाठ्यपस्तक बाहेक अन्य सहायक र सन्दर्भ सामग्रीको रुपमा अन्य प्रकारका पुस्तक अध्ययनमा रुची नहुँदा शिक्षा प्रमाणपत्र धारण गर्नेमा सीमितले गुणस्तरीय शिक्षाका लागि पुस्तक अध्ययन गर्ने संस्कृतिमा कमी आएको छ । र असल पाठक खोज्नुपर्ने दिन आउन बेर छैन । पुस्तक नीति तथा पुस्तकालय संचालनको कार्ययोजना स्पष्ट नभएकोले २०७२ को भूकम्पबाट हालसम्म पनि व्यवस्थित रुपमा संचालन हुन नसकेका पुस्तकालय पूनःजागृत गर्न नसक्दा समुदायको पुस्तकालयका पुस्तकहरुमा ढुसी पर्ने, किराले खाने, मुसाले खाने तथा च्याटिने समस्याले अरबौंको रकम बराबरको क्षति भएको छ ।

आधुनिक समयमा मानिस समाजसँग भिज्न छुट्टै औपचारिक तथा अनौपचारिक रुपमा उसले प्रविधि, सुचना तथा स्रोत साधनको ज्ञान पाएको हुनुपर्ने अनिवार्य संस्कार बनेको छ । जसको रुपमा विविध शिक्षण संस्थालाई लिएको छ । विद्यालय, कलेज, क्याम्पस र पुस्तकालय आदि शिक्षण संस्थामा मूलत पुस्तककै प्रयोगलाई बढी बढावा दिईन्छ । विद्यालय कलेज जस्ता शिक्षण संस्थामा पुस्तकका निश्चित ज्ञान सीप बारे शिक्षकले विद्यार्थीलाई मार्ग निर्देश मात्रै गर्छ, तर पुस्तकालयमा विद्यार्थीले आफूलाई आवश्यक पर्ने ज्ञानको भोक मेटाउने विविध पक्षका ज्ञानहरुको अध्ययन गरिन्छ । विद्यालय जस्ता शिक्षण संस्थाले सीमित ज्ञानका लागि पुस्तकको अध्ययन अध्यापन गरिन्छ, जसले विद्यार्थीमा सिकाई प्रति हिनताबोध उत्पन्न गराउँछ ।

त्यसैले हरेक शिक्षण संस्थाहरुले विद्यार्थीमा हिनताबोध नहोस् भनेर छुट्टै शाखा वा भवनमा पुस्तकालयको प्रवन्ध गरेको छ । जहाँ विद्यार्थीले विद्यालयमा सिकेका ज्ञान सीपलाई अझ परिष्कृत रुपमा बुझ्न सिक्न सहयोग पुग्दछ । यसका लागि हरेक शिक्षण संस्थाले आफ्नो पुस्तकालयमा भएका पुस्तकहरुको व्यवस्थित परिचालन र अन्य शैक्षिक गतिविधिको विकासका लागि तालिम प्राप्त र विविध पाठक बीच अन्तरक्रियात्मक, शैक्षिक प्रतियोगितात्मक कार्यक्रम तथा विविध अन्य शैक्षिक संस्थाहरु बीच समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता भएका पुस्तकालयकर्मीको व्यवस्था गर्नुपर्दछ । यदि पुस्तकालयमा भएका पुस्तकहरुको मात्रै आदानप्रदान गर्ने हो भन त्यहाँ पुस्तकालयकर्मी जनशक्तिको आवश्यकता रहँदैन ।

एक्काइसौं शताब्दीमा प्रशस्त पुस्तकलाई डिजिटल स्वरुपमा परिवर्तन गर्दा इन्टरनेटको प्रयोगले पुस्तक र पुस्तकालयको आवश्यकता नरहेको तर्क गर्नेहरुले अन्य शिक्षण संस्थाको आवश्यकतामा समेत प्रश्न उठाउन सक्ने अवस्था छ । साझा संस्कृति र सम्पदासम्मको खुल्ला पहँचमा आम मानिस स्वतन्त्र हुँदा विभिन्न समुदाय बीच मित्रता, अन्य समुदायलाई भाषा सिकाईमा सहजता तथा युवाहरुको लागि सार्वजनिक स्थान शान्त रुपमा निःशुल्क उपलब्ध गराउने पुस्तकालयको सामाजिक सिद्धान्त आज प्रयोगविहिन अवस्थामा छ ।

हरेक वर्ष पुस्तकालय दिवश मनाउँदै गर्दा पुस्तकमा आएको डिजिटल प्रविधिले मोबाइल तथा इन्टरनेटलाई नै एक्काइसौं शताब्दीको पुस्तक र पुस्तकालयको रुपमा लिन थालिएको छ जसले एक्लै बस्दा, साथीभाई तथा सामाजिक जमघट हुँदा, यात्रा गर्दा वास्तविक पुस्तक भन्दा बढी मोबाइल जन्य प्रविधिको अधिकतम प्रयोगले पुस्तक अध्ययन संस्कृतिमा कमी आएको छ । यसले भविषयमा आँखा लगायत अन्य शारीरिक तथा मानसिक स्वास्थ्यमा विविध संकट देखापर्ने कुरालाई ध्यान दिन सकेको छैन ।

यसर्थ पुस्तकालय दिवसको नारालाई व्यवहारमा उतार्न र पुस्तक अध्ययन संस्कृतिमा संस्कार बसाउन पुस्तकालयकर्मीले विविध पाठक बीच अन्तरक्रियात्मक, शैक्षिक प्रतियोगितात्मक कार्यक्रम तथा विविध अन्य शैैक्षिक संस्थाहरु बीच समन्वयात्मक भूमिका निभाउन विविध गतिविध गर्ने गराउने मापदण्ड तथा खाका ल्याउन सरकालाई दबाब दिएर सबैले आआफ्नो ठाउँबाट पहल गरौं ।

प्रत्यक्ष सिकाई सरह अनलाइन शिक्षा सबैको पहुँचमा नभएको र प्रभावकारी समेत नहुँदा शिक्षालाई उत्पादन तथा जीवनोपयोगी बनाउन र सामाजिक असमानता न्यूनीकरण गर्न पुस्तकालयको प्रयोग अनुसन्धानको थलोको रूपमा कायम गरौं ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार52 years ago

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

समाचार52 years ago

आइक्यानको अध्यक्षमा युद्धराज ओली

समाचार52 years ago

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

समाचार52 years ago

असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

समाचार52 years ago

दिपायल बिमानस्थल सञ्चालनमा

समाचार52 years ago

फरार अभियोगी १५ बर्षपछि पक्राउ

समाचार52 years ago

नक्कली नोटसहित दुई भारतीय पक्राउ

समाचार52 years ago

रडले हानेर हत्या

समाचार52 years ago

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

समाचार52 years ago

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

समाचार52 years ago

परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

समाचार52 years ago

नेपाल अमेरिकासँग पराजित

विशेष52 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती52 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती52 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी52 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार52 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

मुख्य समाचार52 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २52 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार52 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

विशेष52 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

पालिका52 years ago

४६० – गाउँपालिका

बागमती52 years ago

नगरपालिका क्षेत्रका कृषकले आलु उत्पादनमा २२ करोड रुपियाँ

बागमती52 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

Advertisement