आखिरमा होला चै के ?

हल्ला सल्ला भेटघाट छुट्ने टुट्ने कति हो कति गनि सध्ये छैन । दैनिक जसो आजभोली टिभी फेस्बुक युटुब का भित्ताहरुमा र पत्रपत्रिका का मुख्य पेज मा गाली गलौज र तथानामका पात्रहरुमा अरु कुनै ब्यक्ति हैनन हाम्रा नेता गण हरु मात्र छ्न त्यो पनि आज देखि हैन लगभग डेढ दशक देखि ।

हामी आए यो गर्छौ त्यो गर्छौ मुलुकले कसैले नपत्याउने गरि काचुली फेर्छ दिन दुई गुणा रात चौगुणा का दरले बिकाश हुनेछ । मुलुक समृद्ध हुँदै जनता सुखी र खुसी हुन्छ्न दैनिक जसो धेरै सुन्ने र आशाका पुरिया हरु बाड्न लिप्त भए आदरणीय भनौदा हरु तर परिणाम यस्तो छ खासै चित्रण गर्नु नपर्ला के यत्तिकै चल्ला त ?

खै त कस्ले सोच्ने यी विषयमा गम्भीरताका साथ एक चोटि अध्यक्ष भएपछी लगभग जिबनको अन्त्यसम्म मुख्य पद र ओहोदामा मात्र बस्न खोज्ने यो परिपाटी कहिले जाला देउवाले सभापती नछाड्ने रामचन्द्र लड्न नछोड्ने माधब नेपाल केपि ओलिसङ हारेपछी पनि मुख्य पद तथा ओहोदामा बस्न अर्को पार्टी सम्म खोल्ने प्रचण्ड आफ्नो पद नछाड्नाले र ब्यबस्थापन गर्न नजान्दा आफ्ना पार्टीका सहयोद्दा हरुको मर्म बुज्न नसक्दा माओवादि चार चिरामा परिवर्तन हुदा दश बर्से जनयुद्ध मा हजारौको सहादत पश्चात् आखिरमा एमाले सङ गासिन पुग्नु यदि गासिनै छ त्यही बाटो ठिक छ भने किन गरियो त्यत्रो बिद्रोह किन मारिए ती जनता खै त त्यस्को उचित र पारदर्शी जबाफ दिनु पर्दैन होला ।

पहिलो पुस्ताका नेता पद तथा ओहोदा नछोड्ने साथै भ्रष्टाचार गर्न अझ तामझामका साथ लाग्नु दोस्रो पुस्ताका नेता कहिले यता कहिले कता का साथै पद लाई मात्र च्याप्न खोज्नु र सबैभन्दा भ्रष्टाचारको चङगुलमा फस्नु तेस्रो पुस्ता भनौदा सहि के र गलत के छुट्टाउन नसक्ने अनि उनिहरु पनि भ्रस्टाचारमा समाहित हुनु ले अब को दश बीस बर्ष लगभग यस्तै हुने चरित्र चित्रण गरिएको छ खास मा होला चै के ?

अहिलेनै दाग लागिसकेका चालीस देखि पचास बर्ष सम्मका तेस्रो पुस्ताका नेता गण हरुले अबको बीस बर्ष झन के गर्लान अहिले नै उचित बाटो पहिल्याउन नसक्नुले यिनिहरुको भबिस्यबाणी मज्जाले गर्न सकिन्छ खास मा होला चै के । यो ब्यबस्था गलत कि ? बनाउने गलत कि ?जनता गलत? कृपया बेलैमा सोचौ ।पछि बिलौना गर्नु को बिकल्प छैन ।