पर्यटक आकर्षित गर्दै गोसाइँ ताल - Palikanews.com
Connect with us

प्रदेश २

पर्यटक आकर्षित गर्दै गोसाइँ ताल

केही वर्षअघिसम्म झौवाई खोल्सीको रुपमा परिचित सिरहाको लहान नगरपालिका वडा नम्बर १५ बानोस्थित जङ्गल क्षेत्रमा यतिबेला पुग्दा तालको झझल्को दिने गरी संरचना तयार गरिएको छ । करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी स्थानीय युवाको सक्रियतामा मर्मत गरिएको हो । ताल र तालकै बीचमा मन्दिर बनाइएको छ । तालमा डुङगा शयरको व्यवस्था गरिएको छ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त खोल्सीलाई स्थानीय युवाले धार्मिक पर्यटकीयस्थल बनाउन सक्रियता बढाएपछि जङ्गल क्षेत्रमा अवस्थित सो क्षेत्र पर्यटकीयस्थलको रुपमा विकसित हुन थालेको हो ।

कोरोना कहर सकिएपछि पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा बानोका युवाले करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी धार्मिक पर्यटकीयस्थल बनाउन लागि परेका हुन् । स्थानीय गाउँलेद्वारा २०३३ सालदेखि संरक्षित सो खोल्सीलाई पर्यटकीयस्थल बनाउन गोसाइँडाँडा ताल नामाकरण गरिएको छ । संरक्षित वनभित्रबाट बग्दै आएको पानी झौवाई खोल्सीमा जमेपछि स्थानीयवगासीले बाँध बनाएर पोखरीको रुप दिएर सिँचाइको रुपमा उपयोग गर्दै आएका थिए ।

लहान बजारबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बानोमा थारु, मुसहरलगायतका जातजापतको ११० घरधुरी छन् । सांसद प्रदीप गिरीको संसदीय कोषबाट रु १५ लाख, डिभिजन वन कार्यालय लहान सिरहाबाट रु १० लाख र भू–संरक्षण कार्यालयको रु ६ लाख ५० हजारको सहयोगमा स्थानीयले त्यही खोल्सीबाट र पोखरीबाट यतिबेला ताल बनाएको रुपमा पुननिर्माण गरेका छन् ।

सो खोल्सीबाट बनाएको ताललाई स्थानीयवासीको सक्रियतामा बनेको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समिति बनाएर संरक्षण गरिएको छ । सो ताललाई पोखराको मिनी फेवातालको झल्को दिने गरी आवश्यक पूर्वाधार तयार गर्दै पर्यटकलाई आकर्षित गर्ने थप योजनाहरु बनाएको स्थानीय युवा श्रवण चौधरीले बताउनुभयो ।

“हामीले पर्यटक तान्न पहिलो चरणमा खोल्सीको नाम परिवर्तन गरेर गोसाइँडाँडा नामाकरण गरेका छौं”, उहाँले भन्नुभयो, “खोल्सी हुँदै पोखरी र पोखरीबाट तालमा रुपान्तरण गराएको र तालको पूर्वी–उत्तरी चुरेडाँडामा ऐतिहासिक गोसाइँ थान रहेकाले तालको नामाकरण पनि त्यही अनुसार राखिएका छौं ।”

“प्रत्येक वर्ष असार १ गतेका दिन गोसाइँ थानमा पूजा गर्ने परम्परा रहेको छ”, अर्का स्थानीय युवा सञ्जीव चौधरीले भन्नुभयो, “ यहाँ पूजा गरेपछि समयमै वर्षा हुने र धानखेती गर्ने बानोवासीको चलन छ, त्यही परम्परालाई कायम राख्न तालको नाम नै गोसाइँ ताल नामाकरण गरेका छौं ।” लामो समयको प्रयासमा निर्माण गरिएको सो तालमा अहिले तत्कालका लागि दुई वटा डुङगाको व्यवस्था गरिएको छ ।

तालकोबीच भागमा रहेको ढिस्कोमा पुग्न बोटिङको व्यवस्था गरिएको र चारैतिर चुरेक्षेत्रले घेरिएको ताल वरपर विभिन्न स्थानमा पर्यटकलाई आराम गर्न २० वटा विश्रामस्थल निर्माण गरिएको गोसाइँताल संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय युवा अभिनन्द चौधरीले जाकारी दिनुभयो ।

“निर्माण गरिएको विश्रामस्थलबाट बसेर पर्यटकले तालसँगै चुरे वनक्षेत्रको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो,“विश्रामस्थलमै बसेर जङ्गल क्षेत्रभित्रका चराचुरुङ्गीको चिरबिर ध्वनीको आनन्दसमेत उठाउन सक्छन ।” युवाहरुको सक्रियतामा तालको संरक्षण गरेर बोटिङको व्यवस्था गरेपछि तालसम्म आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यक्ष चौधरीको कथन छ ।

यहाँ आउने पर्यटकको धार्मिक आस्थालाई जोगाउन गोसाइँडाँडा तालको टुप्पोमा स्थापना गरिएको महादेव मन्दिरमा भक्तजन जल चढाउन आउने गरेको स्थानीयवासी बताउछन् । “हामीले गोसाइँ ताललाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजना तयार गरेका छौं”, अध्यक्ष चौधरीले भन्नुभयो,“ धेरै भन्दा धेरै आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यसाथ ताल वरिपरि भ्यू टावर, बुद्ध मन्दिर, पिकनिकस्थल बनाउने योजना छ ।” त्यसका लागि सरकारी र दातृ निकायमा पहलसमेत भइरहेको उहाँको भनाइ छ ।

लहान नगरपालिका १५ ढोढनामै रहेको प्रसिद्ध राजदेवी मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुलाई त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रहेको सो तालको मनोरम दृश्य देखाउने योजना समेत बनाएको समितिका सदस्य आनन्द चौधरीले बताउनुभयो ।

“राजदेवी मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई तालसम्म लैजाने योजना हामीसँग छ”, उहाँले भन्नुभयो,“त्यसका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनसँगै अन्य योजना बनाइरहेका छौं ।” आफ्नो गाउँबस्ती वरिपरिको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सकिए विकासको अन्य सम्भावना खुल्ने भन्दै स्थानीय युवा सक्रिय रुपमा तालको आवश्यक संरचना बनाउन लागि परेको अर्का युवा महेन्द्र चौधरीले बताउनुभयो । स्रोत : रासस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार52 years ago

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

समाचार52 years ago

आइक्यानको अध्यक्षमा युद्धराज ओली

समाचार52 years ago

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

समाचार52 years ago

असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

समाचार52 years ago

दिपायल बिमानस्थल सञ्चालनमा

समाचार52 years ago

फरार अभियोगी १५ बर्षपछि पक्राउ

समाचार52 years ago

नक्कली नोटसहित दुई भारतीय पक्राउ

समाचार52 years ago

रडले हानेर हत्या

समाचार52 years ago

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

समाचार52 years ago

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

समाचार52 years ago

परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

समाचार52 years ago

नेपाल अमेरिकासँग पराजित

विशेष52 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती52 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती52 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी52 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार52 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

मुख्य समाचार52 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २52 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार52 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

विशेष52 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

पालिका52 years ago

४६० – गाउँपालिका

बागमती52 years ago

नगरपालिका क्षेत्रका कृषकले आलु उत्पादनमा २२ करोड रुपियाँ

बागमती52 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

Advertisement