अर्घाखाँचीमा पहिराले पुरिएर एक बालिकाको मृत्यु, तीन घाइते

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ । पहिरामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

अन्य तीन जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।