सुत्केरीको अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार

तेह्रथुमका एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुदा अत्याधिक रक्तश्राव भई साल अड्कएको अवस्थामा जिल्लाको छथर गाँउपालिका वडा नम्बर ६ कि ३५ बर्षिय वविता थापाको राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अन्र्तगत नेपाली सेना पुर्वि पृतना इटहरीको हेलिकप्टरमार्फत मंगलबार निःशुल्क उद्धार गरेको हो ।

मंगलबार बिहान घरमै सुत्केरी भएकी वविता को बच्चा जन्मे पछि साल अड्ीएको र अत्याधिक रक्तश्राव भएपछि परिवारले तत्कालै छथर अस्पताल पुर्याएका थियो । अस्पताल पुर्याउदा उनि विहोस भएकी थिइन । छथर अस्पतालमा उपचार सम्भव नहुने भएपछि कोसि अस्पताल बिराटनगर तत्कालै रेफर गरीएको अस्पताले जनाएको छ । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

तत्काल उद्दारका लागि छथर गाउपालिका अध्यक्ष सन्तविर लिम्बू र स्वास्थ्य शाखा संयोजक संजित रसाईलीको पहलमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, जिल्ला स्वास्थ्य कार्यलय, छथर अस्पताल, शुक्रवारे प्रहरी चौकीको समन्वयमा उद्दार गरिएको थियो ।