सर्लाहीका तीन स्थानीय तहका प्रमुखको लोसपामा सनाखत

सर्लाही जिल्लाका तीन स्थानीय तहका प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राज्नुभएको छ ।

जिल्लाको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव र ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले जसपाको पक्षमा सनाखत गर्नुभएको हो ।

बिहीबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उहाँहरुले लोसपामा सनाखत गर्नुभएको हो । भदौ २२ गतेसम्म सर्लाहीका अन्य जनप्रतिनिधिहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने लोसपाले जनाएको छ ।