प्रतिस्थापन विधेयक संसदबाट पारित

काठमाडौं । भदौ ३० गतेभित्र प्रतिस्थापन विधेयक संसदका दुवै सदनबाट पास नभए दैनिक खर्च सञ्चालनमै असहज अवस्था उत्पन्न हुने भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले टिप्पणी गरेका छन्।

सरकारले प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट बजेटको प्रतिस्थापन विधेयक पारित गरेपछि सञ्चारकर्मीहरुले ‘भोलिदेखि बजेट कसरी चल्छ?’ भनी सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले जवाफ दिए- हिजो जसरी चलेको थियो, भोलि पनि त्यसैगरी चल्छ नि।’

बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ। त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापनलाई विरोधकै बीच अघि बढाएको हो ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मामाले पेश गरेको प्रतिस्थापन विधेयकलाई मंगलबारको बैठकबाट ध्वनी मतका आधारमा पारित गरिएको हो ।

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णर्याथ पेश गर्दा पनि एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए ।

बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यसपछि केहीबेर बजेट छलफल भयो । सभामुखले उठेका प्रश्नको जवाफ दिन बोलाएका अर्थमन्त्रीले जवाफ नदिइ छलफलमा सहभागी भएकोमा धन्यवाद मात्रै भने । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने छ ।