‘माग्ने बुढा’को च्यानलमा ‘उकुसमुकुस’

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को च्यानलमार्फत आमा अग्नीकुमारी मिडिया युट्युब च्यानलबाट हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु भएको छ । सिरियलको पहिलो भाग बुधबार यो च्यानलबाट प्रशारण भएकोे हो ।

सिरियलका निर्माता नहकुल भट्टराईले हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने बताए । दिलिप तामाङ ‘हुरहुर’को निर्देशनमा तयार भएको सिरियल गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सेना हुन् । राहुल राईको छायांकन रहेको सिरियलको पहिलो भागमा टिकटकको सकारात्मक र नकारात्मक पाटोलाई देखाइएको छ ।

सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।