सरकारको कुल प्राप्ति २ खर्ब नजिक, खर्चतर्फ भने प्रगति नहुँदा आर्थिक चक्रमा असर

सरकारको कुल प्राप्ति २ खर्ब नजिक पुगेको छ। चालु वर्षको २ महिना ६ दिनमा १ खर्ब ९८ अर्ब २३ करोड प्राप्ति गरेको हो । सरकारसँग अहिले खर्च गर्ने कानुनी आधार छैन जसअनुसर भदौ ३१ गतेदेखि कुनैपनि शिर्षकमा खर्च भएको छैन। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार १ खर्ब ६१ अर्ब ३१ करोड संकलन गरेको छ। यस्तै गैरकर शिर्षकमा २० अर्ब २४ करोड संकलन गरेको छ भने अन्य शिर्षकमा १६ अर्ब ६३ करोड प्राप्ति गरेको छ।

खर्चतर्फ भने सरकारले प्रगति गर्न सकेको छैन। हालसम्म सरकारले ९० अर्ब मात्रै खर्च गरेको छ। सरकारले खर्च गर्ने कानुनी आधार गुमाउँदा तलब भत्ता ठेकदारलाई दिनुपर्ने रकम सबै रोकिएको छ। सरकारले खर्च नगर्दा बैंकिङ प्रणालीमा भने तरलताको समस्या चुलिदै गएको छ।  सरकारले प्रतिनिधि संसदबाट बजेट पास गरिसकेको छ। यस्तै राष्ट्रिय सभाबाट पास हुन बाँकी छ। आर्थिक विधेयक असोज १० गतेसम्म पास गरिसक्ने सरकारको तयारी छ।