नेपाल इन्स्योरेन्सले पुरा गर्यो ७५ बर्षे यात्रा

नेपाल इन्स्योरेन्स कम्पनीले सेवा सुरुवात गरेको ७५ बर्ष पुगेको छ । २००४ सालमा स्थापना भएकोे कम्पनीले विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो । सुरुमा नेपाल मालचलानी तथा बीमा कम्पनीको नामबाट सेवा दिन थालेको कम्पनी नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी हुँदै अहिले नेपाल इन्स्योरेन्स कम्पनी भएको छ । निर्र्जीवन बीमा सेवा दिँदै आएको कम्पनीले कृषिदेखि जहाजसम्मको बीमा गर्दै आएको छ ।
यस कम्पनीले नेपालमा बीमाको विकास गर्नमा महत्वपूर्ण योगदान दिएको छ । आम जनताको विश्वास र मायाले गर्दा यो सम्भव भएको हो । बीमा कम्पनीको आफ्ना लगानीकर्ता, कर्मचारी, नियामक निकाय र सरकारप्रति एक किसिमको दायित्व हुन्छ । सबैको अपेक्षा पूरा गर्नका लागि व्यवसाय वृद्धि लगायतका कम्प्लायन्स पूरा गर्दै ७५ वर्ष प्रवेशको अवसरमा कम्पनीको छापलाई परिस्कृत गर्दै लैजाने कम्पनीले जनाएको छ । यता बीमा समितिले दुई वर्षभित्रमा क्रसहोल्डिङ हटाउनु भनेको छ । तर पनि पचहत्तर बर्ष पुरा गरेको कम्पनीले मर्जरमा जाने योजनामा छैन् ।

बीमा समितिको निर्देशन मान्नु बीमा कम्पनीको दायित्व हो । अहिले एक अर्ब २५ करोड चुक्ता पूँजी रहेको कम्पनीले पुँजी बृद्धि गर्ने योजना रहेको बताइन्छ । बीमा शुल्कमा आठ प्रतिशतको वृद्धि हाँसिल गरेको छ भने नाफा ३४ प्रतिशतले बढाएको छ । अहिलेसम्म एक लाख ६० हजारको हाराहारीमा बीमा पोलिसि जारी गरेको कम्पनीको अवस्था राम्रो छ भने नेपाल बैंकको पनि स्वामित्व लिएको छ ।

बीमा समितिले कडाईका साथ नियम पालना गर्ने हो र सुशासन कायम गरायो भने नेपाल इन्स्योरेन्स नै एक नम्बरको कम्पनी बन्छ । पुरानो कम्पनी भएका कारण व्यापार प्रवद्धनमा धेरै मेहनत गर्नु नपर्ने देखिन्छ । २०६६ सालअघि बैंकको अवस्था जसरी परिस्कृत भएको थियो, त्यसरी नै बीमा पनि परिस्कृत हुन भने सकेका छैनन् । बीमामा रेगुलेसन कमजोर छ त्यसलाई अब्बल बनाउँदा कम्पनी अब्बल बन्छ । नेपालको प्रतिष्ठित घरानाहरू पनि यस कम्पनीको लगानीकर्ताको रूपमा आउनु आएका छन् ।

ग्राहकले चाहने सेवा हो । समयमा दावी भुक्तानी हुन्छ । मोटर बीमामा छ । त्यसबाहेक कम्पनीले कृषिदेखि जहाजको बीमा गरिरहेको छ ।