सरकारले लिएको लक्ष्य पुरा गर्न कोष प्रतिवद्ध छ : अधिकारी

युवा तथा स्वरोजगार कोषको लक्ष्य भनेको बार्षिक रुपमा १२ हजार नयाँ युवा उद्यमी सिर्जना गर्नु रहेको छ । यसै कुरालाई आत्मसात गर्दै सरकारले भदौ १६ मा कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी लामो समय बैकिङ क्षेत्रमा काम गरेका सफल बैकर हुन । उनको यो अनुभवलाई सदुपयोग गर्दै सरकारले लिएका लक्ष्य पुरा गर्नका लागि सघाउ पुर्याउने उद्देश्यले अधिकारीलाई नियुक्त गरिएको हो ।
यो सरकारको एउटा सहयोगी संस्था पनि हो । र, बैकिङ क्षेत्रमा काम गरेका व्यक्तिले यसलाई राम्रोसँग परिचालन गर्न सक्छन् भन्ने सरकारले विश्वास लिएर नै उनलाई यहाँ ल्याइएको हो । अधिकारी पनि यसलाई सफल बनाउन छोटो, मध्यम र लामा योजना बनाएको बताएका छन् । अहिले ती योजनालाई कोषको संचालक समितिमा पेश गरेको उनले बताएका छन् ।
यसमा सुधार गर्नुपर्ने कार्यक्रम पनि रहेका छन् । काम गर्न जाँगर भएका तर धितो नभएकाहरुको हकमा काम गर्ने पहिलो बर्षको कार्यक्रम रहेको उनको भनाइ रहेको छ । मध्यम खाले योजनामा बिभिन्न सरोकारवाला निकायसँग मिलेर यसको सुधारका लागि काम गर्ने र लामो समयको योजनामा यसको लक्ष्य र पुर्नसंरचनाका काम गर्ने लक्ष्य राखेको जनाएका छन् ।
पहिलो कुरा यसको संजाल हो । कोष संचालनका लागि सरकारले रकमको व्यस्था मिलाएको हुन्छ । यसको अलवा बैंक र दातृ निकायको पनि लगानी रहेको छ । अहिले ७५ वटा जिल्लामा यो कार्यक्रम संचालन भइरहेको छ । हामीले स्थानीय स्तरका उद्यमीहरुका लागि जिल्ला स्तरमा सहकर्ताको चयन गरिएको छ । र यसको अलवा सहकारी संस्था, बैंक र अन्य वित्तीय संस्थाहरु मार्फत काम गरिरहेको अधिकारीको भनाइ रहेको छ । जो स्वरोजगार हुन चाहेका हुन उनीहरुले यी संस्थामार्फत कोषलार्ई सम्पर्क सक्छन् ।
यस कोषको सवल पक्ष भनेको व्याज अनुदान, बीमा र बिना धितो ऋण दिनु हो । ब्याजको ६० प्रतिशत रकम फिर्ता किसानले नै पाउछन् । बीमा परियोजनामा कोषले नै गर्छ र यसमा धितोको आवश्यता पर्दैन । यसको सफलताका बाधक बनेका केही पक्षहरु छन् । ती पक्षहरु के हुन भने लक्षित वर्गलाई कोषको अवधारणा बारे जानकारी कम छ ।
बाठाहरुको यहाँ पनि प्रभुत्व भएको कारणले कोषले चाहेजति सफलता हात पार्न सकेको छैन । तर पनि २०६५ सालमा स्थापना भएको कोष अहिलेको अवस्थामा आउनुमा यसलाई सफलताको रुपमा नै हेर्न सकिन्छ ।
अहिलेसम्म कोषले ९० हजार मानिसलाई स्वरोजगार बनाएको छ ।