बाजुराका सर्वसम्मत एकवडाले राेज्याे निर्वाचन

जिल्लाको ७ औँ अधिवेशनमा जिल्लाका ६८ वटा वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ,भने एउटा वडामा निर्वाचन गरेर वडा अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशनको वडा अधिवेशनमा जिल्लाका ६८ वटा वडामा सहमतीका आधारमा अधिवेशन सम्पन्न भएका हो । एउटा वडा जुन त्रिवेणी नगरपालिका–४ मा निर्वाचन भएको छ ।

जिल्लाको प्रयाजसो सबै वडामा युवा नेतृत्वलाई सर्वसम्मत विजयी गराएका छन् । वडा अधिवेशन सम्पन्न पार्नका लागि जिल्लावाट वडामा एक जना निर्वाचन अधिकृत र एक जना सहायक निर्वाचन अधिकृत पठाइएको थियो । वडा अधिवेशन सब्य र भब्य रुपमा सफल पार्नकालागि पहिले नै जिल्लाका प्रत्येक वडा वडामा टोल कार्य समिति गठन गरिएका थिए ।

जिल्लाका सबै वडामा भएका निर्वाचित पदाधिकारीहरुको लिष्ट आउन बाँकी रहेको नेपाली कांग्रेसको निर्वाच  कार्यालय बाजुराले जनाएकाे  छ  ।

वडा अधिवेशन असोज ६ गते बाट सुरु गरिको थियो भने कुनै वडामा ६ गतेकै दिन अधिवेशन  सम्पन्न भएको थियो भने कुनै वडामा ७ गतेका दिन वडा अधिवेशन सम्पन्न भएको थियो ।