डीडीसीको ओरालो यात्राको जिम्मेवार

१२ सय दुग्ध सहकारी संस्था र झण्डै २ लाख किसानसँग दैनिक प्रत्यक्ष रुपमा जोडिएको छ दुग्ध बिकास संस्थान । नेपाल सरकारको स्वामित्व संचालित संस्थान गत आर्थिक वर्षमा करिव १३ करोड घाटामा गएको छ । गत आर्थिक वर्षमा किसानलाई भुक्तानी दिनुपर्ने रकम पनि संस्थानले अर्थ मन्त्रालयसँग २० करोड ऋण लिएर भुक्तानी गरेको छ । संस्थानलाई दुध उपलव्ध गराउँदै आएका किसानहरुले साउन र भदौ दुई महिनाको भुक्तानी रकम यही असोजमा पाउने भएका छन ।संस्थानले अझै किसानलाई ६–७ करोड रकम भुक्तानी गर्न बाँकी रहेको संस्थानश्रोत बताउँछ ।
बिगत वर्षहरुमा मुलुक भित्रै दुधको उत्पादन बढदा नाफामा जाने र बिदेशबाट कच्चा पदार्थ खरिद गरेर ल्याउँदा नोक्सानीमा पर्दै आएको थियो । आखिर मुलुकमा अहिले कृषि उत्पादन बढिरहेको समयमा एकाएक किन संस्थान घाटामा गयो त भन्ने जिज्ञासा र प्रश्नहरु उठनु अस्वभाविक पनि होइनन । यसरी संस्थान घाटामा जानुको पछाडि बिभिन्न कारणहरु रहेको बताइएको छ । ती मध्ये पहिलो कारण कोभिड १९ महामारीलाई नै प्रमुख कारण रहेको संस्थानका डिजिएम तथा सुचना अधिकारी राजेन्द्र अधिकारी बताउँछन । कोभिड १९ जारी रहेको समयमा पनि किसानसँग संस्थानले निरन्तर दुध खरिद गरिरहयो र ढुवानी खर्च पनि बढयो । खर्च बढदा पनि उपभोक्तालाई पुरानै मुल्यमा दुधलगायत दुग्धजन्य सामाग्री बेच्नुपर्दा संस्थानलाई नोक्सानी हुन गएको अधिकारीको भनाई छ । संस्थान ओरालो यात्रामा हिंडनुको कारणबारे पत्रकारको जिज्ञासामा सुचना अधिकारी भन्छन किसानले पालेका पशु बस्तुलाई नजोगाए भोलीका दिनमा हामीले कहाँबाट दुध खरिद गरेर ल्याउने ? किसानको बिश्वास जित्नका लागि संस्थानले अर्थ मन्त्रालयसँग ५ वर्ष भित्रमा चुक्ता गर्ने ऋण लिएको अधिकारी बताउँछन ।
उपत्यकामा लकडाउन हुन अगाडिसम्म मासिक २ लाख देखि २ लाख ५० हजार लिटरसम्म दुध खपत हुन्थ्यो । लकडाउन पछि शहरका उपभोक्ता गाउँ गाउँमा गएका कारण दैनिक ६८ देखि ७० हजार लिटरसम्म तल झर्यो । हाल दैनिक उपभोक्ताको संख्या केही बढेर ६८ देखि ८५ हजार लिटर पुगेको काठमाडौं दुग्ध बितरण आयोजनाका प्रमुख निलकण्ठ गौतमले बताएका छन । यो उकालो लाग्ने क्रममा रहेको जानकारी पनि उनले दिए । ती मध्ये पहिलो कारण कोभिड १९ महामारी नै प्रमुख कारण भएको संस्थानलाई नजिकबाट बुझेका जानकारहरु बताउँछन । तत्कालीन सरकारले ०७७ साल चैत्र ११ गतेबाट मुलुकभर एकसाथ लकडाउन गर्यो । जसका कारण मुलुकको राजनीतिक, आर्थिकलगायतका गतिबिधिहरु शुन्य हुन पुग्यो । यस्तो प्रतिकुल अवस्थामा पनि संस्थानले किसानसँग गरेको बाचा र संझौता अबिचलित रुपमा पुरा गर्न खोज्दा संस्थान यो हालतमा पुगेको जानकारहरु बताउँछन ।
सरकारले लकडाउन गरेर मुलुकको जनजीवनलाई ठप्प पारेपनि गाई, भैंसीको कल्चौडोबाट झर्ने दुधलाई रोक्न भने सकेन । संस्थानले पनि दुग्ध सहकारी संस्थान र किसानसँग गरेको संझौतालाई उल्लघंन गर्न सक्ने कुरै भएन । संस्थानले दुध खरिद गरेर ल्याए पनि लकडाउनका कारण बिक्री हुनसकेन । दुध बिक्री नभएपछि संस्थानले पाउडर र मख्खन बनाएर स्टोर ग¥यो । ती सामग्री यतिवेला चाडबाड लागेसँगै बिक्री बितरणका लागि सहुलियत दशैं बजारमा राखिएको छ । हरितालिका तीजको अवसरमा संकलित दुग्धजन्य सामाग्री बिक्री बढेसँगै संस्थानको नोक्सानी घाटा परिपुर्ती हुने महाप्रवन्धक रुद्रप्रसाद पौडेल बताउँछन । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गर्ने दायित्वबाट कहिल्यै पछि नहटने उनको अठोट छ । नाफामुखी भन्दा पनि सेवामुखी भएर संस्थान अगाडि बढने बाचा महाप्रवन्धक पौडेलले व्यक्त गरेका छन ।