ढकमक्क फुलेका फूलहरुले कस्को पो मन लोभिदैन ? (तस्विर)

कृष्णभक्त राईलेकाे गीतमा उल्लेख भएका शब्द  ‍‍‍………………………….. मखमली फुल्दा बहिनी आउनेछिन भने झैं फूलहरुले तिहारलाई निमन्त्रणा गरिरहने छन् । ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूल देख्दा कस्को पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको शोभा बढाईरहेको हुन्छन् ।

सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । घर वरिपरि जताततै फुलेका फूलहरुले रमाइलो मात्र नभई परिवारको आयस्रोत पनि बढाईरहेको छ । तिहारलाई फूल खरिद गर्नेको घुइँचो लाग्ने गरेको छ, त्यस्तै यतिबेला घर अगाडिको धान फल्ने खेतभरि पहेँलै फुलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेहरुको आकर्षण बढ्दै छ ।

देशका विभिन्न बजारबाट फूलको मेला लागी रहेको छ । फुल बेच्ने र किन्नेको भिडभाड पनि उत्तिकै देखिन्छ ।

तस्विर : सरोज आर्चाय/ विन्दिरा रसाईली