खाजा भत्तामा चरम भ्रष्ट्राचार, पालिका र प्रअको मिलेमतो

स्थानीय निकायसँगै विद्यालय पनि भ्रष्टाचारमा मुछिन थालेकाछन् । हुँदाहुँदा विद्यालय बन्दको समयमा पनि खाजा भत्ताको रकम गाउँपालिका र नगरपालिकाबाट लिएर उनीहरुले खर्च गर्न थालेका हुन् । शिक्षा विकास तथा मावन स्रोत केन्द्रद्वारा जारी कार्यक्रम कार्यान्वयन पुस्तिकामा स्थानीय तहले दिवा खाजाको रकमको विवरण राख्नु पर्ने व्यवस्था छ । त्यसका लागि विद्यालयले विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको प्रतिलिपिको आधारमा विद्यार्थी संख्या यकिन गरी निकासा लिनुपर्छ । यसरी निकासा लिएको रकमबाट विद्यार्थीलाई खाजा खुवाएको प्रमाण राख्नुपर्ने व्यवस्था छ । तर कतिपय विद्यालयले यसो गरेका छैनन् ।
कोभिड–१९ संक्रमणको कारणले २०७६ चैत्र ११ बाट विद्यालयहरू बन्द रहेको भएता पनि रौतहटको दुर्गा भगवती गाउँपालिकाले खाजा खर्चका लागि १ करोड २१ लाख ७१ हजार भुक्तानी गरेको छ । त्यसैगरी यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार खाचाका लागि खर्च गरेको पाइएको छ ।
खाजा भत्ता कै लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकाले रू.५९ लाख ८६ हजार र धनुषाको जनक नन्दिनी गाउँपालिकाले रू.५५ लाख ९६ हजार खर्च गरेका छन् । जव कि त्यो सयममा पूरै विद्यायल बन्द रहेका थिए ।
यसरी खाजा भत्ताका लागि रकम निकासा दिनेको सूचीमा सर्लाहीको कौडेना गाउँपालिका पनि रहेको छ । उसले ५४ लाख ७२ हजार निकासा दिएको छ । यसरी बन्द भएको बेला पनि विद्यालयलाई खाजा भत्ता खर्च गर्ने १३ गाउँपालिकालका १६६ विद्यालय रहेका छन् । २०७७ वैशाख, जेष्ठ र आषाढकोसमेत दिवा खाजाको लागि ६ करोड ३ लाख ५६ हजार निकासा गरेको देखिएको छ । यो सरासर झुट र अबैधानिक पनि हो । तर, यो बेथिति घट्नुको साटो मौलाउँदै गइरहेको छ ।