दुर्गन्ध फैलाउँदै काठमाडौंका नदी

काठमाडौंमा वर्षा रोकिएको एक महिना पूरा भएको छ । वर्षाको समयमा सफा रहेको खोलामा पानीको बहाव कम भएसँगै अहिले खोलामा पानीका बोटल र प्लाष्टिकले भरिन थालेका छन् ।

फोहोर जमेका कारण भएको पानी पनि आफ्नो वेगमा बग्न सकेका छैनन् । यसरी नदीमा फोहोर वस्तु जम्मा भएका कारण नदीको सौन्दर्य बिगार्नुका साथै दुर्गन्ध फैलिन थालेको छ ।

यसरी उपत्यका भएर बग्ने विष्णुमति, रुद्रमति, टुकुचाको अवस्था दयानीय छ भने वागमति केही राम्रो छ ।