रुखोसुखो र उजाड देखिने शहरमा आरू फूलेपछि (फोटो फिचर)

जाडो महिना सकिएपछि बोट–बिरुवाले पाउला फेर्दैछन् । प्रकृतिमा हरियाली छाउँदैछ । मौसम मोहक र मादक बन्दैछ । प्रकृतिको यो खुला क्यानभासलाई सप्तरंगी फूलहरुले हराभरा बनाउँदैछ ।

फागुन शुक्ल अष्टमीदेखि विधिवत रुपमा फागु पर्व सुरु भइसकेको छ । रंगहरुको यो उत्सवले प्रकृति, जगत र जीवनलाई एकाकार बनाउँछ । रंगहरुको पर्व सुरु भएसँगै प्रकृतिले पनि आफ्नो रंग फेर्छ । अन्ततः वसन्ती यामसँगै प्रकृति अरु रूपवती लाग्छ ।

नाङ्गा रुखपातमा नयाँ पालुवा पलाउँदैछन् । शहरका सडक किनार यतिबेला फूलले ढकमक्क छन् । गाढा रातो, गुलाबी र सेतो रंगका आरूका फूलले शहरलाई सिंगार्दैछ । हिजोसम्म रुखोसुखो र उजाड देखिने शहर र सडक आज मस्त बैंसमा रमाइरहेझैं देखिन्छ ।