अभिनेता पललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश जारी गरेको छ ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि नाबालिकाका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिनुभएको थियो ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गर्नेभएको थियो । तर, अनुसन्धान जारी रहँदा उहाँविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि जाहेरी प¥यो ।

पललाई नवलपुर पु¥याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो । तनहुँमा चाहिँ मंगलबार शाहविरुद्ध मुद्दा दर्ता भएको छ ।