मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम असार १ गतेबाट पुनः संचालन गरिदै

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः संचालनमा ल्याउने भएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा भए पश्चात् गत माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आगामी असार १ गतेदेखि संचालन गर्ने आयोगले सोमबार निर्णय गरेको हो ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगले सो कार्यलाई पुर्णत तिएको जनाईएको छ । यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आप्mनो नाम दर्ता गराउन सक्नेछन् व्यवस्था गरेको छ ।

यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आप्mनो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाण सहित आपूm रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत संचालन हुने आयोगले जनाएको छ ।