संघबाट माडीमा सोचे जस्तो बजेट आउदैन : मेयर महतो

चितवन जिल्लाको माडी नगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । वर्षौ देखि माओवादी केन्द्रले जित्दै आएको थियो ।

गएको बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको ताराकुमारी काजी महतो माडी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुखमा निर्वाचित हुनभएको महतो अहिला माडीको नेतृत्व समाहाल्नुभएको छ ।

माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतो  

माडी नगरपालिका भनेको एउटा उन्मुख नगरपालिका हो । माडीका अहिले सम्ममपनि विभिन्न खालका समस्यहरु उस्तैछन् । जङगली जनावरका समस्य उत्कीकै छन, बाडीको समस्य उत्तिकै छ । माडीको विशेष समस्य अईलानी जग्गा छ । मान्छेको तीन पुस्ता वितिसक्यो अझैपनि जग्गा धनी पुर्जा पाएको अवस्था छैन । माडीमा विभिन्न खालका समस्य छन ।

माडीमा बाढीको समस्या अत्यन्तै छ । ठुला ठुला नदीमा आएको बाढी रोख्न नगरपालिकाको बजेटले गर्न सकिने अवस्था छैन । जस्तै रिउ खोलाको कुरा गारौ । त्यहाँ आएको बाढीलाई नगरपालिकाको आन्तरिक स्रोतले व्यवस्थापन गर्ने सक्ने अवस्था छैन ।

त्यसलाई संघ र प्रदेश सरकारले नै ठुलो योजनाको रुपमा रीउ करीडोरको अवधारणा सोचिरहेका छौ त्यो अवधारणा अनुसार गरियो भने रिउ खोलालाई व्यवस्थापन गर्न छक्छौ । त्यसले वीगौ वीगा नम्बरी जग्गालाई क्षेती गरेको छ ।

उर्भर जग्गालाई क्षेती गरेको छ । त्यस्ले मान्छेलाई सुकुम्बासी मनाएको छ । त्यस कारणले त्यो खोलालाई व्यवस्थापन गर्न सकियो भने माडीमा भएका सबै सुकुम्बासीहरुलाई पनि व्यवस्थित गर्न सकिन्थो ।

अरु साना साना खोलाहरु त नगरपालिकाको आन्तरिक स्रोत पनि गर्न सकिन्छ । हामीले जती सक्छौ गरिहेका छौ । पाँच वर्ष सम्मपनि गरेकै हो । पाँच वर्ष अघाडीपनि धेरै काम भएको छ । अझैपनि काम गर्न बाँकी छ ।
अव आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट बनाउँदै छौ । अहिँले माडी नगरपालिकाको भुगलका हिसाबले, त्यहाँ भएका सम्भावनाका हिसाबले, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार र विपद्लाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नेभनेर प्रथमिकरण गरेका छौ । मुख्य समस्य भनेकै बाढीपनि एक हो ।

अर्को समस्य भनेको चितवन राष्ट्रिय निकुञ्ज नजिक छ त्यहाँका जनावरहरुले पनि धेरै छेती पुर्याउदै आएका छन । को समाधनको लागि महिले त्यसलाई दुईटा विधिले जानुपर्छकि भन्ने सोचेको हो । हामी जनप्रतिनिधिहरुपनि त्यो कुरालाई छलफल चलाउँछौ । आव एउटा कुरा केहो भने परम्परागत जुन त्यहाँका समुदायले खेती गर्ने परम्परा छ, त्यसलाई बैकल्पिक रोजगारको रुपमा साच्न पर्छकी ? अव पनि त्यहीँ खेती गरेर जहिले पनि जनावरहरुले खाईदीने जस्था समस्यहरु छन ।

किसानले राहात १० हजार मात्र पाउँदै आएका छन । जनावर खेतीमा लगाएको बाली जती खाएपनि त्यहिँ १० हजार राहात पाएका छन् । त्यो नगरि अब बैकल्पिक चिज खोज्ने हो कि ? त्यो राष्ट्रिय स्तरले नै त्यो कुरा सोच्नु पर्नै जरुरी छ । विश्वा सम्पदा सुचिमा परेको राष्ट्रिय निकुञ्जलाई जोगाउनुपनि पर्यो ।

विश्वमै नपाईने गैडा त्यो जङगलमा छ त्यसलाई बचाउनुपर्यो । तर त्यो संसंगै त्यहाँ रहेका जनतालाईपनि जोगाउनु पर्यो नी । त्यो हिसाबले अव रिउ करिडोर यदी जुन अवधारणाले त्यसलाई अवधारणा ल्याएका छौ त्यो भयो भने त्यसैले पनि धेरै जनावरहरुपनि छेकिन्छन् । त्यो लगाएत अन्य विकल्पहरु पनि खोज्नुपर्ने पनि देखिन्छ ।

जस्तै यता वारीपट्टी सौराहले त्यहिँ जंगल त्यहि नदी खोला, त्यहिँ भुगोल, त्यस्तै खालको भुगललाई प्रयोग गरेर ठुलै आर्थिक लाभ लीइरहेको छ । तर त्यो माडी बासबासीले हामीले लिन सकिरहेका छैनौ । त्यो कुराम अलिकती राष्ट्रिय निकुञ्ज भएकाले राज्यनै लाग्नुपर्ने हुन्छ ।

विकास भनेको एकै महिनाम गरिने कुरा होईन उहाँले भन्नुभयो, वार्षिक रुपमा केहिन केहिँ गर्दै गयो भने पाँच वर्षमा माडी नगरपालिकाले विकासले फड्को मार्ने छ । माडीमा अलि सोचे जस्तो बजेट आउदैन । सोजे जस्तो बजेट आईदिएको भएको अझै राम्रो हुने थियो । संघबाट ससक्त बजेट अलि बढी र समान्त बजेट काम आएको हुनाले अहिलेपनि हामीले सोचेजस्को काम गर्न सक्दैनौ जस्तो छ ।

विकास भनेको एकै महिनामा गरिने कुरा होईन, वार्षिक रुपमा केहिँन केहिँ गर्दै गयो भने पाँच वर्षमा माडी नगरपालिकाले विकासको फड्को मार्छ