बालविवाह न्युनिकरण गर्न छोरी कार्यक्रम ल्याउछु : उपाध्यक्ष सार्की

बाजुराको  हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकाला सार्कीले बालविवाह न्युनिकरण गर्न छोरी कार्यक्रम ल्याउने बताउनुभयो । पालिका न्युजसँग बोल्दै उहाँले हिमाली गाउँपालिका अझै बालविवाहको अन्त्य हुन सकेको छैन, यो वर्षबाटै त्यसलाई न्युनिकरण गर्न तर्फ आफ्नो पहल रहने बताउनुभयो ।

गाउँपालिकाले मासिक पाँच सय रुपैयाँको दरले छोरीको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने छु उपाध्यक्ष सर्किले भन्नुभयो, २० वर्ष नपुगि विवाह नगरोस भन्ने उदश्यले छोरी कार्यक्रम आवश्यक छ ।

हिजोको दिनमा के भयो त्यो मलाई थाहाँ छैन, मेरो पाँच वर्षे कार्यकाल महिला, दलित, बालकालिका, किशोरकिशोरी, उद्पीडित र पिछडीयका वर्गहरुका लागि वजेटमा विशेष प्राथमिकता रहने उहाँले बताउनुभयो । हिमाली गाउँपालिका एकदम विकट क्षेत्रमा पर्छ , उहाँले भन्नुभयो, त्यो क्षेत्रलाई विशेष प्रोत्साहन रहने गरि बजेट छुट्याउने छौ ।

महिलामाथिमा हुने हिँसा, दलितमाथिको विभेद, बाल विवाह, छाउपडी प्रर्था अझै अन्त्य हुन सकेको छैन, उहाँले भन्नुभयो, त्यसको लागि यो वर्षबाटै बजेटको व्यवस्था गरि घरदैलोमै पुगेर जनचेतना फैलाउने छौ ।

हुन त मेरो गाउँकार्यपालिकामा वहुमत छै । तर पनी बहुमत अध्याक्ष गोविन्द मल्लले पुर्णरुपमा सहयोग गर्नुहुने छ भन्नने आशाबादी रहेको उपाध्यक्ष सार्किले बताउनुभयो । यो पहल म एक्लैले गरे मात्र हुदैन यसमा गाउँपालिकाका अध्याक्ष र वडा अध्यक्षको पनि उत्तीकै साथ र सहयोग आवश्यक छ । यस्तो काममा मेरो पनि उहाँप्रति निकै सहकार्य र सदभावना रहने उहाँले बताउनुभयो ।

उपाध्यक्ष मल्लले भन्नुभयो, उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ म नेकपा एमाले बाट निर्वाचित हु, हामी जुनबार्टीबाट निर्वाचित भएपनि सबै मिलेर सम्रग हिमाली गाउँपालिकाको विकासको लागि काम गर्ने हो । हिमालीको विकासका लागि हामी दुबैको एकदमै सहकार्य र सहस्ता रहने उहाँको भनाई छ । हाम्रो पार्टी फरक भएपनि हाम्रो चुनावी एजेण्डा एउटै छ । त्यसैले हामी दुवै मिलेर गाउँपालिकाको उत्थान गर्दै अगाडी बढेने छौ ।

वर्षो देखि साहुको हलो जोतेर जिविका गर्ने हलिया र खलोकै भरमा जिउने खलियाहरुका लागि यो वर्षबाटै गाउँपालिकाले व्यवस्था गर्ने उहाँले बताउनुभयो । सरकारले त्यो समुदायका लागि अहिले सम्म सुनुवाई गरेको छैन उहाँले भन्नुभयो, सरकार मात्र होईन स्थानीय सरकारले पनि पाँच वर्ष सम्म यसको वेवस्था गर्दै आयो । म त्यहिँ समुदायको महिला गाउँपालिकाको उपाध्यक्ष भएको छु अव त्यसको लागि मेरो ठुलो साथ सहयोग रहने छ ।