जातीय मुक्ति समाजमा विवाद सुरु, असन्तुष्ट जनाउदै केन्द्रीय सदस्यद्वार राजिनामा

नेकपा (एमाले) निकटको दलितको भातृसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजमा विवाद सुरु भएको छ । मुक्ति ुमाजको यहिँ असार ४–५ गते काठमाण्डौमा सम्पन्न दोश्रो केन्द्रीय कमिटीको बैठकमा संगठनको नेतृत्वमा भएको मनोनयन तथा कार्य विभाजन प्रति व्यापक असन्तुष्टी जनाउदै विवाद सुरु भएको हो ।

संगठनका ईन्चार्ज तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य जीतु गौतम र वर्तमाबन अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले संगठनलाई दलित समुदायका मुद्धामा केन्द्रीत हुने गरि बैठकमा कुनै प्रस्तावमा छलफल नै नगराई पार्टी संगठन संचालनको विधि, निती र पद्धतिको विपरित मनोमानी तरिकाले जिम्मेवारी विभाजन गरेको आरोप छ ।

ईन्चार्ज गौतम र अध्यक्ष विश्वकर्माले मनोमानित ढङगले केन्द्रीय सदस्यमा बाँकी रहेको दश प्रतिशत मनोनित, जिल्ला ईन्चार्ज÷सह–ईन्चार्ज प्रदेश ईन्चार्ज सह–ईन्चार्ज, सचिवालय तथा स्थायी कमिटीमा आफ्ना पकेटकालाई जिम्मेवारी दिएको र संगठनमा लामो समय देखि काम गरेका तथा संगठनलाई अप्ठेयारो अवस्थामा पनि जोगाएर यो अवस्था सम्म ल्याउन योगदान गरेका नेताहरुलाई जिम्मेवारी विहिनता बनाएकोे असन्तुष्ट पक्षको आरोप छ ।

पार्टी नेतृत्वलाई गलत रिर्पोट गरेर आफु सुरक्षित हुने यो खालको प्रवृत्ति कुनै हालतमा संगठनको हितमा नहुने भन्दै ६० प्रतिशत जति केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेका छन, भने केही सदस्यहरुले कुनै पनि जिम्मेवारीमा नरहने गरि राजीनामा दिनुभएको छ ।

मुक्ति समाजका ६ जना केन्द्रीय सदस्यहरुले असन्तुष्ट जनाउदै पदबाट राजिनामा दिनुभएको छ । असन्तुष्ट जनाउदै राजिनामा दिनेहरुमा राजेश नेपाली पर्वत, विजयराज मयाँल, कैलाली, रामलाल राजबंशी, गुल्मी, दिपा नेपाली कञ्चनपुर, विष्णु वि.क.बजुरा, प्रेम विश्वकर्मा कास्कीबाट रहनुभएको छ ।

त्यस्तै असन्तुष्टि प्रकट गर्ने केन्द्रीय सदस्यहरुमा छविलाल विश्वकर्मा झापा, खड्ग परियार उदयपुर, बल बहादुर परियार ओखलढुङ्गा, रमेश परियार खोटाङ्ग, नारायण परियार सुनसरी, युवराज दर्नाल धनकुटा , अर्जुनकुमार सुनाम स्याङ्गजा, अस्मीता परियार कास्की, राजेश सुनाम नवलपुर, बेगम वि.क प्यूठान, राजेन्द्र गौतम प्यूठान, हरि नेपाली अर्घाखाँची, रुद्र विश्वकर्मा अर्घाखाँची, सुनिता अधिकारी चितवन, दनसिंह परियार मुगु, कृष्ण नेपाली गोरखा, चक्र स्नेही डडेलधुरा, रामहरी शाही समुन्द्री पाल्पा, दिनेश अछामी ललितपुर, चन्द्र धिमालकोटी सिन्धुपाल्चोक, राम सुनार सिन्धुपाल्चोक, दिल बहादुर रम्तेल धादिङ्ग, सानुवावु बिसुन्खे काठमाण्डौ, संगम गहतराज काठमाण्डौ,

त्यस्तै शान्ति सुनार बाँके, श्यामलाल विश्वकर्मा चितवन, कल्पना सुनार नवलपरासी, रवि सेन्चुरी रुपन्देही अनुशासन आयोग सदस्य, जुना नेपाली पर्वत, नारायण बहादुर रिजाल मकवानपुर, सम्झना परियार काभ्रे, शिवलाल नेपाली पर्वत, विवश बुढाथोकी लम्जुङ्ग, खड्ग पुर्कुटी काभ्रे, कृष्ण विके नवलपुर, गोपाल ल्वागुन झापा, हंस बहादुर नेपाली कैलाली, गणेश वि.सि., तेज बहादुर विश्वकर्मा कञ्चनपुर, कृष्ण सुनार कञ्चनपुर, डिल्लिध्वज बराईली दोलखाबाट रहनु भएको छ

साथै केन्द्रीय सल्लाहकारमा मनोनित हुनु भएका झापाकी अञ्जु बर्देवाबाट र लेखा आयोगको सचिवमा मनोनित हुनु भएका विनोद सुनारले समोत जिम्मेवारीमा नरहने घोषणा गर्नुभएको छ ।