राइट शेयर प्रस्ताव गरेको हिमाल दोलखालाई कारवाही, कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार रोक्का गरेको छ । कम्पनीसँग ३ दिने स्पष्टिकरण माग गर्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।

गत शुक्रबार ११ बजे नेप्सेको कारोबार समयभित्र कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १स्०।७५ प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेको सूचनामा उल्लेख छ ।

त्यस्तै धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रको बुदाँ नं। १० मा भएको व्यवस्था अनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तिमा ७ दिन अगाडी नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कम्पनीले उक्त सम्झौता समेत उलंघन गरेको भन्दै नेप्सेले ऐ। विनियमावलीको विनियम १६(ख) मा भएको व्यवस्था अनुरुप कम्पनीको कारोबार रोक्का गरेको छ ।