सांस्कृतिक सम्पदाहरुको पुननिर्माण र सबै परम्परा शैलीमै हुनुपर्ने जोड

उपत्यका, साउन २० गते

देशका विभिन्न पुरातात्विक सम्पदाहरुको पुननिर्माण र सांस्कृतिक सम्पदाहरुको परम्परागत शैलीमा निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उपत्यका प्रमुखहरुले जोड दिएका छन् ।

उपत्यका भित्रका नगर÷महानगर प्रमुखहरुबीच शुक्रबार काठमाडौंमा आयोजित उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्धनबारे छलफलमा उपत्यकालाई प्रदुषण मुक्त, सफा र सुन्दर बनाई सास्कृतिक केन्द्रको रुपमा विकास गर्नु पर्ने सबैले धारणा राख्नुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय जीवनराम श्रेष्ठले नेपाललाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय, संलग्नता र पहलकदमीको आवश्यकता रहेको बताउनुभयो । पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजना गरिने महोत्सवहरु अर्थपूर्ण हुनुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाको मौलिक कला—संस्कृति र सम्पदाहरु संसारको लागि हेर्न लायक अमूल्य सम्पत्ति रहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको काम ठेकेदारीमार्फत गर्न नहुने तर्क राखुभएको छ । उहाँले बन्चरेडाँडामा उपत्यकाको फोहोर फाल्न नदिने विषय अव्यवहारिक भएको बताउनुभयो । उपत्यकाको फोहरमाथि भइरहेको राजनीति बन्द गर्नुपर्ने धारणा राख्दै ,उहाँले भन्नुभयो, संघ सरकारले फोहार व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा समयमै ध्यान पु¥याउनु आवश्यक रहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जात्रा सुरु हुनु अगाडि नै सम्पदा स्थलको सरसफाई लगायत रंगरोगनको कार्य अगाडि बढाउनुपर्ने जोड दिनुभयो । उपत्यकामा खुल्ला ठाउँको कमी भएको हुँदा सार्वजनिक स्थलहरुमा पार्कहरु निर्माण, सार्वजनिक शौचालय निर्माण गर्नुका सथै पार्किङकोसमेत उचित व्यवस्थापन हुनुपर्ने उहाँको भनाई छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको सम्पदा पुनःनिर्माण र विकास निर्माणको सबै काम विदेशीले गरिदिने हो भने नेपाल सरकार, स्थानीय तह र पुरातत्व विभागको औचित्यतामाथि नै प्रश्न उठ्ने खतरा रहेको बताउनुभयो ।
सम्पदा पुनःनिर्माणको काम स्थानीय जनतामार्फत गर्ने कानुनी व्यवस्था हुनु आवश्यक रहेको उहाँको भनाई छा । प्रमुख प्रजापतिले ठेकेदारहरुले सम्पदाको महत्वभन्दा नाफामा बढी ध्यान दिने हुँदा सम्पदा पुनःनिर्माणको काम ठेकेदारहरुबाट गराउन नहुने प्रष्ट पार्नुभएको छ ।

त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नेपालमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई सहज र सुरक्षित रुपमा घुम्ने वातावरण सिर्जना गर्नुपर्ने र भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जन, गोकर्णेश्वर नपाका उपप्रमुख सान्नानी लामा, बुढानिलकण्ठ नपाका प्रमुख मिठाराम अधिकारी, टोखा नपाका प्रमुख प्रकाश अधिकारीले नेपालको पर्यटन क्षेत्रको पुनरुस्थान कार्ययोजना २०७९’ को लागि आवश्यक सल्लाह सुझावहरु दिनुभएको थियो ।