गाउँपालिका अध्यक्षले फिर्ता पठाए प्रमुख प्रशासकीय अधिकृतक

हुम्ला, माघ ९ गते । जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत नन्दराज गिरीलाई पठाएको अध्यक्ष सिँहको आरोप छ । उहाँलाई हाजिर हुन नदिई फिर्ता पठाइएको छ । अध्यक्ष सिँहले भन्नुभयो, मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत पठाएको रहेछ मैले फिर्ता पठाउन पत्राचार गर्दै हाजिरी हुन दिएको छैन् ।

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते गिरीलाई खटाएको थियो । मन्त्रालयले उनलाई जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको हो ।

गाउँपालिकामा सरुवा भई आउनुभएका गिरीले हाजिर गर्न पाउनुभएको छैन् । गाउँपालिका अध्यक्ष सिंहले मन्त्रालयलाई पुस २९ गते पत्र लेख्दै हाजिर नगराई फिर्ता पठाउने व्यहोराको पत्राचार गर्नुभएको हो ।