जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं, कात्तिक २६ गते । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।