लठौवा नाच जोगाउदै थारु युवाहरु - Palikanews.com
Connect with us

समाचार

लठौवा नाच जोगाउदै थारु युवाहरु

  • 30
    Shares

कञ्चनपुर : लोप हुने सङ्घारमा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीका थारु युवाहरु जुटेका छन । डौना वेवरी लठौवा नाच टोली गठन गरी युवाहरु यो नाच जगेर्नामा लागेका हुन् ।

युवाहरुले नाच जोगाउनका लागि १२ जनाको टोली बनाएका छन । थारु समुदायको दशैँ, तिहार, माघीलगायतका चाडपर्वमा देखाइने लठौवा नाच लोप हुन थालेपछि जोगाउनका लागि अगाडि बढेका छौँ, टोलीका एक सदस्य डुठन डगौराले भन्नुभयो, बूढापाकाहरुबाट सर्दै आएको संस्कृति जोगाउनका लागि टोलीनै गठन गरेका छौँ । नाचलाई कसरी पुरानै तरिकाले देखाउन सकिन्छ र मौलिकता थप्न सकिन्छ भनेर दैनिक अभ्यासमा समेत जुटेका छौँ ।

सांस्कृतिक समारोह र अन्य कार्यक्रममा समेत युवाहरुले लठौवा नाच देखाउने गरेका छन । नाचका लागि आवश्यक पर्ने पहिरन बनाउने सीपसमेत सिकेका छन । सामाजिक, राजनीतिक र सांस्कृतिक समारोहमा लठौवा नाचलाई देखाउँदा संस्कृति जोगाउनका लागि मद्दत पुग्छ, अर्का सदस्य बिहारी चौधरीले भन्नुभयो, नाचबारे सबैले जानकारी पाउँछन । पछिल्लो पुस्ताले समेत नाच बारे जानकारी पाउने भएकाले निरन्तरता दिँदै आएका छौँ ।

नाच देखाउँदा पहिरन, तन्त्रमन्त्र र अन्यमा गरी धेरै खर्च लाग्ने गर्दछ । नाच देखाउन माग आएको ठाउँबाट निश्चित शुःल्कसमेत युवाहरुले लिने गरेका छन । तान्त्रिक विधिको प्रयोग गरी लठौवा नाच देखाइने गरिन्छ ।

नाच निकै आकर्षक र मनमोहक हुने भएकाले दर्शकले यस नाचको बढी माग गर्ने गर्दछन । हातमा लाठी(लौरो) लिएका युवाहरुले पिठ्यँुमा मयुरको प्वाँख बाँधेर आकर्षक तरिकाले परम्परागत गीत गाउँदै नाचलाई प्रस्तुत गर्दछन ।

यो नाच समूहमा देखाइने गरिन्छ । दुई वटा लहरमा आकर्षक पहिरनमा रहने युवाहरुले मादलको तालसँगै विभिन्न मुन्द्रमा नाचलाई पस्कने गर्दछन । नाच टोलीलाई भवितव्यबाट जोगाउन गुरुबासमेत सँगसँगै हिँड्ने गर्दछन । गुरुबाले निश्चित घेरा बनाएपछि नाचलाई सोही ठाउँमा देखाउने गरिन्छ ।

थारु समुदायको यस सामूहिक लोक नृत्यमा एक जना हास्यव्यङ्ग्य गर्ने व्यक्ति पनि रहने गर्दछन् । यिनलाई थारु भाषामा ‘सोङ्ग्या’ भन्ने गरिन्छ । नृत्यमण्डलीमा रहने गुरुबा (तान्त्रिक) ले परम्परागत विधिद्वारा नाचको प्रारम्भ गर्ने र पूजा विधिद्वारानै समापन गर्ने गर्दछन् ।

नाच परापूर्वकालदेखि चल्दै आएको छ, स्थानीय चन्द्रबहादुर चौधरीले भन्नुभयो, नाच आयोजना गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाड्दै आएका थिए । हाल युवाले अन्य जिल्लाबाट यस नाचबारे सिकेर जगेर्नामा जुटेका छन् । कञ्चनपुरमा यस नाचको लोकप्रियता बढ्दो छ । परापूर्व कालमा गोठाला जाँदा गोठालाहरुले खेल्दाखेल्दै यस नाचकलाको विकास गरेको थारु बूढापाकाहरुको भनाइ छ ।

  •  
    30
    Shares
  • 30
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

मुख्य समाचार51 years ago

सरकारी जग्गा कसैलाई प्रयोग गर्न नदिन स्थानीय तहलाई परिपत्र

प्रदेश ५51 years ago

दाङमा ५ सय ९५ जना एचआईभी संक्रमित

बागमती51 years ago

काठमाडौँका अधिकांश स्थानीय तहहरु विद्यालय संचालन गर्ने तयारीमा जुट्दै

स्थानीय कला साहित्य51 years ago

नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक

बागमती51 years ago

अग्निशालमा जस्ताको छाना हटाएर अब तामाको छाना

बागमती51 years ago

माहामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला : मन्त्री ढकाल

अर्थ51 years ago

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लाग्दै

गण्डकी51 years ago

२५ चितुवाका तस्वीर क्यामरामा कैद

प्रदेश २51 years ago

समाचकेवा पर्वको अवसरमा धानको झुट्टी प्रतियोगिता

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement