हिमपात संगै घुम्न आउने पर्यटकका लागि निकै रमणीय देखिदै खप्तड क्षेत्र - Palikanews.com
Connect with us

मुख्य समाचार

हिमपात संगै घुम्न आउने पर्यटकका लागि निकै रमणीय देखिदै खप्तड क्षेत्र

  • 41
    Shares

डोटी : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको छ । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उहाँको भनाइ छ ।

आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाधरूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय धनबहादुर विष्टले जानकारी दिनुभयो ।

गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । आज बिहान भने खप्तडलगायतका क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिनुभयो ।

  •  
    41
    Shares
  • 41
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

मुख्य समाचार51 years ago

सरकारी जग्गा कसैलाई प्रयोग गर्न नदिन स्थानीय तहलाई परिपत्र

प्रदेश ५51 years ago

दाङमा ५ सय ९५ जना एचआईभी संक्रमित

बागमती51 years ago

काठमाडौँका अधिकांश स्थानीय तहहरु विद्यालय संचालन गर्ने तयारीमा जुट्दै

स्थानीय कला साहित्य51 years ago

नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक

बागमती51 years ago

अग्निशालमा जस्ताको छाना हटाएर अब तामाको छाना

बागमती51 years ago

माहामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला : मन्त्री ढकाल

अर्थ51 years ago

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लाग्दै

गण्डकी51 years ago

२५ चितुवाका तस्वीर क्यामरामा कैद

प्रदेश २51 years ago

समाचकेवा पर्वको अवसरमा धानको झुट्टी प्रतियोगिता

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement