पर्यटकको पर्खाईमा बुद्ध जन्मस्थल लुम्बिनी - Palikanews.com
Connect with us

प्रदेश ५

पर्यटकको पर्खाईमा बुद्ध जन्मस्थल लुम्बिनी

  • 154
    Shares

रुपन्देही : कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

मायादेवी क्षेत्र खुलेसँगै उत्साहित व्यवसायीलाई अहिले लामो समयदेखि बन्द होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्यालढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ ।

कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन् । लुम्बिनी खुलेको घोषणाले यहाँका व्यवसायीलाई ठूलै उत्सव वा चाड आएको अनुभूति भएको छ, लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव लीलामणि शर्मा भन्नुहुन्छ ।

यहाँ सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने तयारीसमेत गरिएको छ । कोरोना सङ्क्रमणको रोकथामका लागि होटललाई पटकपटक स्यानिटाइजेसन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेसन गर्ने काम भइरहेको छ ।

राम्रो सरसफाइ गरी होटल, माला पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकलाई स्वागत गर्ने तयारी उनीहरुको छ । होटल तथा आफ्ना व्यवसायलाई पुरानै लयमा फर्काउन उनीहरुलाई अहिले भ्याइनभ्याइ छ ।

लामो समयदेखि बन्द होटल तथा अन्य व्यवसायको सरसफाइ तथा व्यवस्थापनका काम सम्पन्न गरेर पर्यटकको पखाईमा छौँ, लामो समयकोे बन्दले हामी थप गुणस्तरीय सेवा दिन सक्ने गरी तयार भएका छौँ”, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्नुहुन्छ ।

सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र पनि पर्यटकका लागि खुला गरिएको हो । मायादेवी मन्दिर नखुले पनि पवित्र उद्यान क्षेत्र खुलेसँगै यहाँका व्यवसायी, विकास कोष तथा भिक्षुभिक्षुणी मिलेर मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलन गर्ने, पूजापाठ गर्नेलगायत काम शुरु गरिएको छ । हरेक दिन साँझ मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी कोरोना महामारी अन्त्यको कामना गरिएको छ ।

यससँगै विकास कोषले पनि आठ महिना अवधिको सदुपयोग गर्दै केही सौन्दर्य अभिवृद्धिका काम सम्पन्न गरेको छ भने केही शुरु गरेको छ । लामो समयपछि पर्यटक आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नाका लागि सौन्दर्यका काम गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेय ९अवधेशकुमार त्रिपाठी०को भनाइ छ ।

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रङ्गिन इँटा बिछ्याइएको छ । यसअघिको कालोपत्र सडक भत्काएर रङ्गिन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ । पाँच नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिका समयमा मनमोहक देखिन थालेका छन् ।

यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधिवृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाको मर्मतसम्भार गरिएको छ ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालेली खम्बासहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सुकाएर सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ ।

इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिविम्ब निकै मनमोहक देखिन थालेको छ । सफा गरिएका सम्पदा निकै आकर्षक देखिएका छन् । शान्तिदीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिंच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूप प्रष्ट देखिन थालेको छ ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरका दुवैतर्फ लहरै रहेका कदमको रुखमुनि फूल फुलाएर सिंगारिएको छ । बगैँचा सफा गरिएको छ भने पैदलमार्ग मर्मत गरिएको छ ।

नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारसलगायत पक्षी र जनावरको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ जहाँ अहिले सारसका बच्चा हुर्किरहेका छन् । यस्तै गुरुयोजनाको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले सौन्दर्यका कामसँगै अन्य पूर्वाधार निर्माणका काम धमाधम भइरहेको बताउनुभयो । गत हप्तादेखि पर्सा–लोखडिया सडक विस्तार तथा सौन्दर्यको कामसमेत शुरु गरिएको छ ।

  •  
    154
    Shares
  • 154
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

दार्चुलामा आईसियु बेड पुगे पनि भेन्टिलेटर अझै पुगेन

समाचार51 years ago

बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि निषाधाज्ञा

मुख्य समाचार51 years ago

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

प्रदेश ५51 years ago

बोर्डर छलि भारत लैजादैगरेको समान बरामद

बागमती51 years ago

सर्वसाधारणको चहलपहल बढ्दै पाटन दरबार सङ्ग्रहालयमा

मुख्य समाचार51 years ago

विद्यालयमा पठनपाठन सुरु गर्न अभिभावकको राय सङ्कलन गर्दै स्थानीय तह

प्रदेश ५51 years ago

पाल्पामा सुरु गरियो भुइँकाफलको व्यावसायिक खेती

प्रदेश १51 years ago

हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

गण्डकी51 years ago

ढुङ्गाखानीको व्यवस्थित गर्दै ताराखोला गाउँपालिका

मुख्य समाचार51 years ago

क्षेत्राधिकार मिचेर जग्गा नबाँड्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयद्वारा रोक्न निर्देशन

मुख्य समाचार51 years ago

बाबुको मृत्यु, आमाको देस्रो विहेपछि दिदी बहिनीको बिचल्ली

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement