विद्यालय सञ्चालनबारे उपमहानगरको सुझाव माग - Palikanews.com
Connect with us

प्रदेश ५

विद्यालय सञ्चालनबारे उपमहानगरको सुझाव माग

  • 9
    Shares

रुपन्देही : बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाबारे सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले जनस्वास्थ्यको संवेदनशीलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरी विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो ।

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवासँग महामारीबाट जोगिँदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिकस्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने जनाइएको छ ।

बुटवल उपमहानगरले कोभिड–१९ को सङ्क्रमण कम रहेका वडाका विद्यालयमा पठनपाठन नियमित गराएको छ भने सङ्क्रमणको जोखिम धेरै भएको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसँग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको छ । मङ्सिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।

बुटवलका वडा नं १ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । तोकिएका वडाका विद्यालयबाट आउने कार्ययोजना र सुझावलाई अध्ययन गरेर स्वास्थ्यसम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसँग थप छलफल गरेर कक्षा सञ्चालनको निर्णय गरिने प्रमुख सुवेदीले बताउनुभयो ।

स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै थप व्यवस्थित ढङ्गबाट सिकाइ केन्द्र सञ्चालन गर्नेबारेमा वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थता र सम्भावित जोखिमको आँकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ । कोभिड सङ्क्रमणको जोखिम उच्च रहेकाले विद्यालय सञ्चालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकाले विद्यार्थी सङ्ख्या र उपलब्ध भौतिक पूर्वाधारसमेत मध्यनजर गरी स्वास्थसम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताउनुभयो ।

कोभिड सङ्क्रमणको जोखिम उच्च रहेकाले विद्यालय सञ्चालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकाले विद्यार्थी सङ्ख्या र उपलब्ध भौतिक पूर्वाधारसमेत मध्यनजर गरी स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी सरोकारवालको सहकार्यमा ती वडामा विद्यालय सञ्चालनको कार्ययोजना बनाइने छ ।

उपमहानगरले वडा नं १ देखि १३ सम्मका क्षेत्रलाई सङ्क्रमितको सङ्ख्या, सक्रिय सङ्क्रमित र निको भएका दरका आधारमा अझै पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यिनै वडामा रहेका विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न सकिने/नसकिने विषयमा कार्ययोजना माग गरिएको हो । बुटवलका वडा नं १४ देखि १९ सम्म कोभिड सङ्क्रमणको जोखिम कम रहेका क्षेत्र हुन् । यहाँका सङ्क्रमितको सङ्ख्या, निको हुनेको सङ्ख्या र सक्रिय सङ्क्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो ।

सङ्क्रमण भएका, निको भएका, सक्रिय सङ्क्रमित रहेका सङ्ख्याका आधारमा जोखिमको अवस्थाको मूल्याङ्कन गर्दै शिक्षण सिकाइ केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । उहाँले जोखिम रहेका क्षेत्रमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्ययोजना माग गरिएको बताउनुभयो ।

वडा नं १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुवै विद्यालयमा शिक्षण सिकाइका कक्षाहरु दशैँको पूर्णिमाको भोलिपल्टदेखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालका अनुसार बुटवलमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार ७३ रहेको छ । उपमहानगरपालिकामा हाल ४११ सक्रिय सङ्क्रमित छन् ।

  •  
    9
    Shares
  • 9
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अर्थ51 years ago

बुधबार पनि पुनः पाँच सयले बढ्यो सुनको भाउ

मुख्य समाचार51 years ago

दार्चुलामा आईसियु बेड पुगे पनि भेन्टिलेटर अझै पुगेन

समाचार51 years ago

बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि निषाधाज्ञा

मुख्य समाचार51 years ago

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

प्रदेश ५51 years ago

बोर्डर छलि भारत लैजादैगरेको समान बरामद

बागमती51 years ago

सर्वसाधारणको चहलपहल बढ्दै पाटन दरबार सङ्ग्रहालयमा

मुख्य समाचार51 years ago

विद्यालयमा पठनपाठन सुरु गर्न अभिभावकको राय सङ्कलन गर्दै स्थानीय तह

प्रदेश ५51 years ago

पाल्पामा सुरु गरियो भुइँकाफलको व्यावसायिक खेती

प्रदेश १51 years ago

हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

गण्डकी51 years ago

ढुङ्गाखानीको व्यवस्थित गर्दै ताराखोला गाउँपालिका

मुख्य समाचार51 years ago

क्षेत्राधिकार मिचेर जग्गा नबाँड्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयद्वारा रोक्न निर्देशन

मुख्य समाचार51 years ago

बाबुको मृत्यु, आमाको देस्रो विहेपछि दिदी बहिनीको बिचल्ली

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement