बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप - Palikanews.com
Connect with us

मुख्य समाचार

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

  • 789
    Shares

बझाङ : जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ स्थित मजखोरी माध्यामिक विद्यालयको राहत शिक्षक नियुक्तिको विषयमा विवाद भएकोछ । विद्यालयको मावि तह अगें्रजी विषयको राहत दरबन्दिमा परिक्षा नै नगरि ठाडो राजनैतिक नियुक्ति गरिएको आरोप लागाइएको छ । विधि र विधान विपरित स्थानिय जनक धामीलाइ पैसा र राजनितिक पावरको भवरमा एकलौटी नियुक्त गरेको भन्दै दरखास्त पेश गरेका तिन जना उम्मेद्धारले आपत्ति जनाएका छन् ।

विद्यालयले खुलाएको दरबन्दिमा दरखास्त पेश गरेका मध्ये तिन जना उम्मेद्धारले परिक्षा केन्द्र छविस पाथिभेरा गाउँपालिका तोकिएकोले पारदर्शी र निष्पक्ष हुननसक्ने भन्दै परिक्षा स्थगित गराइपाँउ भनेर जिल्ला स्थित शिक्षा समन्वय ईकाइ, गाउँपालिकाको शिक्षा शाँखा र विद्यालयका प्रधानाध्यापकलाई लिखित निवेदन पेश गरेका छन् ।

निवेदनमा छविस पाथिभेरा गाउँपालिकामा तोकिएको परिक्षा केन्द्र बदर गरि जिल्ला शिक्षा समन्वय ईकाइ कार्यालय चैनपुरमा परिक्षा गराईपाँउ भनेर उल्लेख गरिएको छ । गाउँपालिकामा केन्द्र तोकिदा पारदर्शिता र निष्पक्षता हुन नसक्ने भन्दै तिन जना उम्मेद्धारले परिक्षा दिन असमर्थ भएको पत्रमा उल्लेख गरेकाछन् ।

यस अघि २०७६ को फागुनमा खुलाएको विज्ञापनमा परिक्षा शुल्क पाँच हजार तोकिएको भन्दै विद्यालय प्रशासनको आलोचना भएको थियो । त्यतिबेला देखि नै अरु उम्मेद्धारले दरखास्त पेश नगरुन भन्ने मनशायले नेपालमै कहिँकतै नतोकिएको परिक्षा दस्तुर राखिएको स्थानियको आरोप छ । परिक्षा दस्तुरको विषयमा आलोचना भएपछि दोस्रो पटकको विज्ञापनमा दस्तुर घटाएर एक हजार तोकिएको थियो ।

परिक्षा सम्बन्धि कुनै किसिमको विवाद भए शिक्षा समन्वय ईकाइले समन्वय गर्नसक्ने तर परिक्षा केन्द्र कुन ठाउँमा तोक्ने भन्ने अधिकार शिक्षक छनोट समितिको भएकाले हस्तक्षप गर्ने अधिकार नभएको शिक्षा समन्वयका निमित्त कार्यालय प्रमुख जनक रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हामी कहाँ निवेदन परेको थियो । तर, परिक्षा केन्द्र तोक्ने अधिकार शिक्षक छनोट समितिको हो ।

परिक्षा केन्द्र बदर गरिपाँउ भन्दै परेको निवेदन आफु सफल नहुने भएपछि परिक्षा भाड्न मात्रै गरेको प्रपञ्च रहेको समेत निमित्त कार्यालय प्रमुख रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, परिक्षा नियम सम्बत भएको छ । आफु सफल नहुने थाहा भएपछि परिक्षा भाड्ने नियतले निवेदन पेश गरिएको हो ।

  •  
    789
    Shares
  • 789
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

६१ स्थानीय तहको केन्द्रसम्म अझै छैन सडक

मुख्य समाचार51 years ago

राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै

प्रदेश २51 years ago

तराई क्षेत्रमा चिसोले जनजीवन कष्टकर हुँदै

बागमती51 years ago

भरतपुर अस्पतालमा आकस्मिक कक्ष बन्दै

गण्डकी51 years ago

मनकामना मन्दिरमा दर्शन गर्न बढ्दै

गण्डकी51 years ago

पोखरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

कर्णाली51 years ago

हुम्लाको पहिलो जनगागृति पुस्तकालय ओझेलमा

प्रदेश २51 years ago

राजमार्गको निर्माण द्रुत गतिमा

प्रदेश १51 years ago

झापा प्रशासनमा नागरिकता लिनेको भीड

मुख्य समाचार51 years ago

न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

प्रदेश १51 years ago

हेटौँडा उपमहानगरका १२७ वटा योजना सम्पन्न

फोटो फिचर51 years ago

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको दृष्य

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement