कुकुर पूजा गर्दै भैरव बहान गुल्ममा (फोटो फिचर)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर २ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजा गरिएको छ । विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको स्रोतले जनाएको छ ।

कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।

त्यस्तै गुल्ममा बुधबार कुकुर पूजाअघि तालिम प्राप्त कुकुरले विभिन्न कला प्रदर्शन देखाएका थिए । ती कुकुरहरुलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।

तस्बिर :  रत्न श्रेष्ठ/रासस