निर्वाचन आयोगले खोस्यो मौलापुर नगरका मेयर साहको पद

काठमाडौं, असोज ३० गते । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त भएको छ । मेयर साह एमाले पार्टी छाडेर प्रभु साहको पार्टी जनता पार्टी मा प्रदेश गरेपछि निर्वाचन आयोगले पद रिक्त रहेको जनाएको छ ।

दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको हो

२०७९ वैशाखको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित साह उहाँका पति प्रभु साहले एमाले छाडेर आम जनता पार्टी खोलेपछि पार्टीको सम्पर्कमा थिइनन् । उहाँलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएपछि एमालेले कारबाही गरेको हो ।

साह यसअघि पनि माओवादीबाट सोही नगरपालिकामा मेयर हुनुहुन्थ्यो । उहाँले माओबादी (केन्द्र) छोडेर एमालेमा प्रवेश गर्नुभएको थियो । माओवादीले पनि उहाँलाई कारवाही गरे पनि अदालतले मेयरमा पुनर्वहाली गरेको थियो ।