न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्दै काठमाडौं महानगर

काठमाडौं, फागुन ४ गते । काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । चैत २४ र २५ गते स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान प्रदान गर्ने उदेश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।

सम्मेलनको तयारीका लागि उपमेयर सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन गरिएको छ । डंगोलका अनुसार सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन ४ विषयमा केन्द्रित हुने गरी कार्य पत्र महानगरले तयार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन मुख्य विषयहरु रहने महानगरले जनाएको छ ।