धोबीखोला करिडोरमा महानगरको डोजर, ३ घर भत्काईयाे, अझै थप भत्काईने

काठमाडौं, भदौ १० गते । काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोर आसपासका सरकाररी जग्गामा निर्माणधिन घरमा डोजर चलाएको छ । महानगरले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको हो ।

नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिनुभयो ।

‘आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं, अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सुचना छ, वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउँने उहाँले बताउनुभयो ।