कागबेनीमा करोडौँको क्षति

मुस्ताङ, भदौ १० गते । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपु¥याए पनि करोडौँको भौतिक संरचनामा क्षति पु¥याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् ।
व्यापार तथा कृषि पेसामा आवद्ध भएकाको घर, पुल र गरी खाने बारीनै बगरमा परिणत गरीदिएपछि अहिले हातमुख जोड्न समस्या भइरहेको उनीहरु बताउँछन् ।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब बराबरको भौतिक संरचनामा क्षति पु¥याएकोे छ । भौतिक पूर्वाधार, स्थानीयको घर, व्यवसाय तथा विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पु¥याएको समितिले जनाएको छ । बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमासमेत ठूलो क्षति पु¥याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताउनुभयो । उहाँका अनुसार शाखाको तथ्याङ्कमा उल्लेख गरिए अनुसार यहाँका किसानको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पातीलगायतका फलफूल बोटमा क्षति पु¥याएको छ ।
बाढीले ११ रोपनी तीन कठ्ठा बारीमा लगाइएको स्याउ बगैँचासहित फलफूलमा क्षति पु¥याएको कृषि शाखा प्रमुख धामीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ ।
स्थानीय मिङमर गुरुङको ४५ स्याउका बोट र नर्सरी, ७१ भन्दा बढी खुर्पानीको बोट नष्ट भएको जानकारी दिनुभयो । बाढीले सबैभन्दा बढी स्थानीय किसान कुङ्गा नमडुल गुरुङ, पेमा निङ्बो विष्ट र कर्म छोक्ले गुरुङको स्याउ बारीमा रहेका बोटमा क्षति पु¥याएको धामीले बताउनुभयो ।
बाढीले स्याउ खेतीका साथै कृषियोग्य जमिनका साथै सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा समेत क्षति पुगेको धामीले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी वारिपारी क्षेत्रमा सिञ्चित हुने तीन कुलो तथा गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौ वटा हाते ट्याक्टरसमेत बगाएको छ ।
“यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश किसानको स्याउ बगैँचामा ठूलो क्षति भएको छ । हामीहरुले धेरै दिन लगाएर क्षति विवरण सङ्कलन गरेका छौँ”, धामीले भन्नुभयो, “कोहीको बगँैचा बगाएको छ, कोहीको स्याउ, खुर्पानी र नास्पातीको बोट बगाएको छ, सिँचाइ कोलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।”
बाढीले किसानको गोठ र पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिनुभयो । बाढीले २३ गोठ, ३२ लुलु गाई, दुई खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताउनुभयो ।
बाढीले सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी रू २१ करोड दुई लाख बराबरको क्षति पु¥याएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । उक्त विवरण अनुसार ५० घरमा रू ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस पूर्ण र पाँच घरमा आंशिक रुपमा क्षति भएको थियो ।