देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाई दिए

काठमाडौं, पुस १३ गते । युवाहरु ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएर चक्रपथमा आएर प्रदशन गरेका थिए । उनीहरुको प्रदशनको स्वार्थ भनेकै कि देशमा रोजगारी हुनपर्छ कि विदेश जान पाउनुपर्छ । शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै युवाहरुले विरोध गर्दै प्रदर्शन गरेका थिए ।

त्यहि बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आयो । गाडीबाट मन्त्रीलाई ओलालेर गाडीमा आगो लगाए । मन्त्री ज्वालाको गाडी जलाएपछि बालकुमारी क्षेत्र भने तनावग्रस्त रह्यो ।

केहिँ समयमै प्रहरी र प्रदशनकारीबिच झडब भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायर समेत ग-यो । त्यहिँ क्रमा प्रदशनमा उत्रियका दुई युवालाई प्रहरीको गोली लाग्यो । दुबै जनालाई उपचारका लागि उस्पताल पु-याईयो । ती यूवा हुन् डोटीका २२ वर्षे वीरेन्द्र शाह र दैलेखका २३ वर्षे सुजन रावत । दुबै जनाको उपचारको क्रममा अस्पतालले मृत घोषणा ग-यो ।

विदेशको सपना बोकेर काठमाडौं आएका ती दुई युवाले अकालमै ज्यान गुमाउनु प¥यो । परिवारलाई ऋण शिरमा बोकाएर विदेशीने सपना बोकेर राजधानी आएका सुजन र वीरेन्द्रले ललितपुरको बालकुमारीमै अस्ताउनुप¥यो ।

मृतक दुबै जनाले न परिवारलाई ऋणबाट मुक्त गराए न आफै विदेश जाने सपना पुरा गरे । सफल त भए केवल यो धिर्ती छोड्न । बालकुमारीबाटै संसार छाडे । देश छाड्न खोज्दै थिए तर सरकारले संसार नै छाड्नु पर्ने बानाई दियो । परिवारको ऋण उस्तै छ उनीहरुका सपना पनि जस्ताका तस्तै रहे ।

यतिबेला उनीहरुका मृत तस्विरले सामाजिक सञ्जाल रंगिएका छन् । विभिन्न पार्टी, कार्यक्रर्ताहरुले सरकारको विरोघ जनाईरहेका छन् । यतिमात्र होईन नेकपा एमाले निकट विद्यार्थी संघठन अनेरास्ववियुले सो घट्नाको विरोध गर्दै प्रर्दशन समेत गरेको छ । यति मात्र होईन प्रधानमन्धी र गृहमन्त्रीको राजिनामा माग गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गरेका छन् । उहाँले भन्नुभएको छ ‘बालकुमारी घटना अत्यन्त दुःखद । सरकार समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन ।

घटनाको निस्पक्ष छानबिन गर ।’ यतिमात्र होईन उहाँको पार्टी नेकपा एमालेले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग समेत गरेको छ । आन्दोलनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा दुई जनाको मृत्यु भएकोप्रति एमालेले दुःख व्यक्त गरेको हो ।

नेपाली कांग्रेसले पनि ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नु माग गरेको छ । घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षेतिपुर्तिको व्यवस्था गर्न र प्रदर्शनकारीले उठाएको विषयमा सरकार गम्भीर बन्न माग गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निकालेको विज्ञप्तिमा भन्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्रण पार्टी (रास्वपा)का सभापति रबी लामिछाने गृह मन्त्रालयको अक्षमताका कारण आज बालकुमारीमा भएको घटनाले फेरी एकपटक उदाङ्गो भएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभयो, दुई होनहार युवा देश छाड्न खोज्दै थिए, सरकारले संसार छाड्नु पर्ने बनाईदियो । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन् उहाँले भन्नुभयो ।