काठमाडौं – प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच केहीबेर अघिदेखि भेटवार्ता भइरहेको हो।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठको टोली गत साउन ३१ गते काठमाडौं आएको थियो। नेपाल भ्रमणका क्रममा उहाँ सोमबार विभिन्न औपचारिक कार्यक्रममा सहभागी थिए ।
सोमबार बिहान उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो। त्यसपछि सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा उहाँलाई सम्मान तथा गारद प्रदान गरिएको थियो।
गारद ग्रहणपछि भारतीय स्थल सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटवार्तापछि सेठले जंगी अड्डा परिसरमा वृक्षरोपण गरेका थिए ।
त्यसपछि जंगी अड्डामा आयोजित कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थियो।
जंगी अड्डामा आयोजित कार्यक्रमपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार सेठ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो। त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।
नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग सोमबार भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल–भारत सुरक्षा तथा सैन्य सम्बन्धलगायत द्विपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।



