काठमाडौँ महानगरकी उपमेयर डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

काठमाडौं – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले) को ११औँ महाधिवेशन प्रतिनिधिमा मनोनीत भएकिछन् ।

शुक्रबार बसेको एमाले सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १ सय ८ जना मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गर्दा उपमेयर डंगोल पनि उक्त सूचीमा पारेकिहुन् । कुल प्रतिनिधिको पाँच प्रतिशतका दरले मनोनीत गरिएका प्रतिनिधिमध्ये उनी स्थानीय विकास विभाग क्लस्टरबाट चयन भएकिहुन् ।

उपमेयर डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदारसमेत रहेकि बताइएको छ । उनको मनोनयनसँगै महाधिवेशनमा काठमाडौँ महानगरपालिकाको प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ ।