सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौँ  —  सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

Laxmi sunrise bank 2034

मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ ।

उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

Nabil bank

उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।